Breaking News

ग्रीन डेभलपमेण्ट बैंकको आईपिओ बाँडफाँड, ९ सय कित्तासम्मलाई गोलाप्रथाबाट र ९ सय कित्त माथिकालाई १ दशमलव ०५ प्रतिशत

Feb Tue 2020 05:40:43

306 views

ग्रीन डेभलपमेण्ट बैंकको आईपिओ बाँडफाँड, ९ सय कित्तासम्मलाई गोलाप्रथाबाट र ९ सय कित्त माथिकालाई १ दशमलव ०५ प्रतिशत

ग्रीन डेभलपमेण्ट बैंक (Green Development Bank)ले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (IPO)  बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार ९ सय कित्तासम्म शेयर आवेदकलाई गोलाप्रथाबाट शेयर दिइएको छ भने त्यस भन्दा माथिका आवेदकले १ दशमलव ०५ प्रतिशतका दरले शेयर प्राप्त गर्ने छन् ।

कम्पनीले १०० रुपैंया अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर जेठ २३ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसमा माग गरिएको शेयर भन्दा ९२ गुणा भन्दा बढी  ४ अर्ब १७ करोड रुपैंयाको आवेदन परेको थियो ।

गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा बैंकले यस पटक त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले ९ महिनाको अवधिमा २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

अहिले बैंकको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैंया छ । त्यस्तै जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर वितरण पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?