Breaking News

यी युवतीको आँखाबाट ४ वर्षदेखि आँशु होइन, निरन्तर रगत बगिरहेको छ

Feb Tue 2020 05:40:46

485 views

यी  युवतीको आँखाबाट ४ वर्षदेखि आँशु होइन, निरन्तर रगत बगिरहेको छ

एजेन्सी । तस्बिरमा देखिएकी किशोरी मारनी रे हार्भे हुन जसको आँखाबाट निरन्तर रगत आउछ । तर उनको आँखाबाट रगत आउनुको कारण चिकित्सकलाई भने केही थाहा छैन ।

बेलायको स्टोक अन ट्रेन्ट सहरकी यी १७ वर्षीय बाहिर जान सक्दिनन् न त उनका कुनै साथी छन् । उनी जहिले पनि घरभित्रै बस्छिन् ।

उनले आफ्नो आँखा रगतको बारेमा अध्ययन गर्ने विज्ञ, न्युरोलोजिस्ट र बाल रोग विज्ञहरुलाई देखाइसकिन । तर दुर्भाग्य कुनै पनि चिकित्सकले उनको रोगको कारण पत्ता लगाउन सकेका छैनन् । ‘आँखामा आगो बलेजस्तै हुन्छ र रगत आउदा मैले आँखा नै देख्दिन  ’ उनी भन्छिन् । उनको यस रहस्यमय रोगले उनका नाक, कान, तालु, आँखाका औला र जिब्रोमा असर गरेको छ ।

सन् २०१३ मा स्टोक अन ट्रेन्टकी की यी किशोरीको खकारमा रगत देखिन थालेको थियो । त्यसपछि उनको आँखाबाट पनि रगत देखिन थालेको हो । सन् २०१५ को जुलाई महिनामा बिहान उठ्दा उनको अनुहार रक्ताम्य देखियो । आँखाबाट बगेको रगतले उनको अनुहार पुरै लत्तपत्तिएको थियो ।

तत्कालै उनको परिवारले एउटा एम्बुलेन्स बोलायो । ‘यस्तो घटना यसअघि कहिल्यै नदेखेकाले चिकित्सकहरु उनको अवस्था देखेपछि झस्किएका थिए’, उनी भन्छिन् ।

‘अस्पताल लैजादा उनीहरुले मेरा आँखाको परीक्षण गरियो । तर सबै कुरा ठीक देखियो । मेरो रगत परीक्षण गर्दा केही रोग देखिएन’ – उनी भन्छिन् ।

त्यसपछि दुई साता हरेक दिन उनको आँखाबाट रगत आउन थाल्यो । ‘एक दिन अस्पतालमा बसिरहेकी थिएँ । मेरो आँखा र कानबाट रगत बग्न थाल्यो । तत्कालै एम्बुलेन्स डाँकेर अस्पताल लगियो’, उनी स्मरण गर्छिन् । चिकित्सकहरुले उनमा कमजोर रोग प्रतिरोधात्मक प्रणाली बाहेक अरु केही नभएको बताएका छन् ।

उनको आँखाबाट आँसु जस्तै रगत आउने अवस्थालाई हेइमोलाक्रिया भनिन्छ । सम्भवत उनी नै पहिलो व्यक्ति हुन सक्छिन् यस समस्याबाट पीडित हुने । रगत आउँदा आँखामा रगत जम्ने , अरु पीडा हुने र आँसुका ग्रन्थीमा असन्तुलन आउन सक्छ । तर उनमा अरु समस्या भने केही छैन ।

निरन्तर रगत

आँखाबाट निरन्तर रगत आउन थालेपछि आफ्नो जीवन खतरामा परेको उनी बताउछिन् । ‘यही समस्याले कलेजमा पढ्न पनि सकिन’, उनी गुनासो गर्छिन् । उनको यही समस्याले आफूमा शक्ति हराउदै गएको र टाउको हल्का भएको महशुस गर्छिन् । उनका जोर्नी र हड्डी दुख्न थालेका छन् । ‘मािनसहरुले मलाई एकोहोरो हेर्छन । जसोतसो हिड्ने गर्छु । एक दिन म अस्पताल जाँदै थिए । मेरो अवस्थाको चित्र कैद गर्न तस्बिर लिनेको भीड हेर्न लायक थियो,’उनी भन्छिन् ।

अहिले उनको अवस्था झनै बिग्रेको छ । ‘पछिल्लो १२ दिन यता निरन्तर आँखाबाट आशु आइरहेको छ ,’ उनी भन्छिन् । ‘सामान्यतया करिब पाँच मिनेट जति रगत आउछ त्यसपछि एक घन्टा जति रोकिन्छ । त्यसपछि आधा घन्टा रगत आउछ र पाँच मिनेट बन्द हुन्छ । दिनमा पाँच पटक भन्दा बढी बिरामी हुने गर्छु’, उनी भन्छिन् ।

पहिचान गर्नै गाहो

विज्ञहरुले उनमा रगतको असन्तुलन भएको अनुमान गरेका छन् । उनलाई प्रोसट्याप ३ नाम गरेको इन्जेक्सन दिएका छन् । उनमा लगाइएको इन्जेक्सनले बाझोपन ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ । यस्तो सम्भावना ६० देखि ७० प्रतिशत रहेको जनाइएको छ ।

‘इन्जेक्सनले महिनाबारी रोकिने अवस्थामा त पुयाउदैन । तर पनि ममा पसिना आउने, मुड परिबर्तन हुने लगायतका लक्षण देखिन थालेका छन, जुन सुखद होइनन् ,’ उनी गुनासो गर्छिन् । मासिक धर्मको समयमा उनको समस्या झन जटिल हुन्छ । उनले छिट्टै छाला रोग विज्ञहरुका देखाउने सोच गराएकी छिन । उनीहरुले आफ्नो समस्या समाधान गर्ने उनको केबल झिनो आशा छ । – बीबीसीको सहयोगमा/Swasthyakhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?