Breaking News

हेल्थ डिभाइसहरु साइबर हमलाको खतरामा

Feb Wed 2020 02:40:15

851 views

हेल्थ डिभाइसहरु साइबर हमलाको खतरामा
स्मार्ट हेल्थ सुबिधा बिरामीका लागि घातक हुनसक्नेमा विज्ञहरुको चिन्ता पेसमेकर तथा एमआरआई स्क्यानर्स जस्ता डिजिटल्ली कनेक्टेड हेल्थ डिभाइस बिरामीका लागि घातक हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको रोयल एकेडेमी अफ इन्जिनियर्सले यस्तो चेतावनी जारी गर्दै यस्ता डिभाइसको दुरुपयोग गरी ह्याकरहरुले बिरामीलाई नोक्सान पर्‍याउनसक्ने जोखिम रहेको जनाएको छ । रोयल एकेडेमी अफ इन्जिनियर्स तथा पेट्रास इन्टरनेट अफ थिंग्स रिसर्च हबको तर्फबाट प्रकाशित भएका दुई रिपोर्टमा सेक्युरिटी विज्ञहरुले यस्ता कनेक्टेड हेल्थ डिभाइसमा साइबर हमलाको खतरा बढिरहेको र त्यो चिन्ताको विषय रहेको उल्लेख गरेका छन् । यसले बिरामीको सुरक्षामा गम्भीर खतरा पैदा गरेको उनीहरुको भनाइ छ । विज्ञले भनेका छन्, ‘प्रेसमेकर तथा एमआरआईलगायतका ठूलो संख्याका स्वास्थ्य उपकरणमा खतरा देखिएको छ । रिपोर्ट अनुसार डिजिटल्ली कनेक्टेड सिस्टमलाई सुरक्षित बनाउनु अत्यावश्यक छ ता कि भविष्यमा कुनै खतरा नहोस् । यस्ता उपकरणमा साइबर हमलाको खतरा छ ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?