Breaking News

नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी

Feb Tue 2020 05:40:27

986 views

नासामा चितवनका २७ वर्षीय नेपालि बैज्ञानीक सफल अधिकारी
चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ ।किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् । भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्या गेर उनी सन् २०१० मा डीभीमार्फत अमेरिका उडे उनको बाल्यकालदेखि नै डिस्कोभरी, नेसनल जोग्राफी च्यानलमा देखाइने हवाईजहाजका कार्यक्रममा बढी रुचि थियो । उनी खुबै हेर्थे पनि ।सेन्ट जेभियर्समा १२ कक्षा पढेपछि उनी चिकित्सा विज्ञानतिर लागुन् भन्ने बुबाआमाको चाहना थियो । ‘बाआमा म डाक्टर बनोस् भन्ने चाहन्थे । मैले अमेरिका जाने ढिपी गरें । नभए भारतमा मेकानिकल इन्जिनियरिङ पढ्ने भनेर जिद्दी गरें,’ उनले सुुनाए । उनको बुबालाई भनेर मात्रै पुग्दैन, पत्यारिलो पार्न देखाउनै पर्छ । ‘उहाँले प्रत्यक्ष देखेपछि मात्र विश्वास गर्नु हुन्छ । त्यसैले दीक्षान्त समारोहमा आउनुभयो ।मैले काम गर्ने र बस्ने ठाउँ हेरेपछि मात्र उहाँले पत्याउनु भयो र खुसी हुनुभयो,’ उनले भने, ‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’सुरुमा उनलाई एयर क्राफ्टमा काम गरेर अमेरिकी नागरिकता हात लागेपछि मात्र रकेटको प्रोजेक्टमा काम गर्न सुझाव दिइएको थियो । तर, उनले रकेट प्रपोल्सनको म्यानेजरलाई सम्पर्क गरेपछि सबै कुरा सम्भव भयो । उनले एकपछि अर्को जिम्मेवारी सम्हाल्ने अवसर पाइरहे र त्यसमा उनले आफूलाई सिद्ध सावित पनि गरिरहे । त्यसैले उनले स्पेस फ्लाइट अवेरनेस टिम अवार्ड २०१८ पनि प्राप्त गरे । उनको काम ‘कम्पोनेन्ट’डिजाइन गर्ने हो । नियमित इन्जिन र त्यसका स–साना अवयवहरूको डिजाइनमा उनी जुटिरहेकाहुन्छन् । ‘बाहिरको चिसो, तातो वातावरणमा सम्हालिन सक्छ/सक्दैन भन्ने हेर्नुपर्छ । हरेक कम्पोनेन्टको इन्टेनसिप टेस्टिङ गर्नुपर्छ,’ उनलेआफ्नो कामबारे भने ।उनी कार्यरत प्रोजेक्टको पहिलो रकेट लन्च सन् २०२० माफ्लोरिडाबाट गर्ने योजना रहेको छ । यस रकेटको नाम स्पेस लन्च सिस्टम (एसएलएस) दिइएको छ । एक्सप्लोरेसन मिसन १ मा रकेटले चन्द्रमा फन्को मारेर फर्कनुपर्ने हुन्छ । पहिलोउडान मानवरहित हुने पनिसफलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?