Breaking News

छ्याङ्दी हाइड्रोको शेयर बाँडफाँट, तपाईलाई कति पर्यो ?

Feb Tue 2020 05:40:55

438 views

छ्याङ्दी हाइड्रोको शेयर बाँडफाँट, तपाईलाई कति पर्यो ?

छ्याङ्दी हाइड्रो पावर कम्पनी लिमिटेड (Chhyangdi Hydropower Company Limited) को साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) देखि ७१० कित्ता (७१ हजार रुपैयाँ) सम्म शेयर आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने भएका छन् । त्यस्तै सोभन्दा माथि आवेदन दिनेले अनिवार्य १ दशमलव २५ प्रतिशतका दरले शेयर पाएका छन् । कम्पनीमा अधिकतम २७०० कित्ता (दुई लाख ७० हजार रुपैयाँ) आवेदन दिने पाउने व्यवस्था गरेकोमा अधिकतम आवेदन दिनेले ३४ कित्ता शेयर प्राप्त गरेका छन् ।

छ्याङ्दीले जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीको शेयरमा तीन अर्ब ७७ करोड रुपैयाँको आवेदन परेको थियो । जसमा आवेदन दिएका ९१ हजार ६९७ वैद्य आवेदनमध्येबाट ३२ हजार आठ सय २४ जनाले मात्रै शेयर प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?