Breaking News

अब इन्टरनेट बिना नै यसरी वेबसाइट हेर्न सकिने

Feb Wed 2020 02:40:42

690 views

अब इन्टरनेट बिना नै यसरी वेबसाइट हेर्न सकिने

यदि तपाईं आफ्नो स्मार्टफोनमा विकिपिडिया, ट्विटर तथा गुगल म्याप जस्ता वेबसाइटबाट केही जानकारी दिन चाहनुहुन्छ भने त्यसका लागि इन्टरनेट आवश्यक पर्छ। तपाईंले सहि एप डाउनलोड गर्नुभएको छ भने विना डाटा पनि यी वेबसाइटबाट जानकारी लिन सक्नुहुन्छ। तर केही मेहनत भने गर्नु पर्छ। यसको लागि तपाईंले केको लागि कुन चिजको बारेमा जानकारी लिन चाहनुहुन्छ भन्ने बारे जान्न जरुरीछ।

यदि टेक्नोलोजी सम्वन्धी समाचार पढ्ने हो भने गुगल प्ले स्टोरबाट फिडमी नामको आरएसएस फिडमा सबै प्राप्त गर्न सक्नु हुन्छ।

एपको सेटिङमा गएर ‘फुल अफलाइन सिंक’ सेट गर्नु पर्छ। त्यस पछि सबै टेक्स्ट र तस्बिर तपाईंले आफ्नो फोनमा अफलाइन हेर्न सक्नुहुनेछ। यसरी बिना इन्टरनेट कनेक्सन आरएसएस फिडबाट पढ्न सकिन्छ। तर ताजा खबर जान्नको लागि भने डाटा सर्भिस सुचारु गर्नु पर्ने हुन्छ।

एसएमएसमार्ट नामको यो एप गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ। त्यसपछि एसएमएस पाठाए पछि ताजा खबर तपाईंको इनवक्समा आउने छ। यसको माध्यमबाट सबै ताजा ट्विट समेत इन्वसक्समा हेर्न सकिन्छ।

विकिपिडियामा अफलाइन पढ्नको लागि किविक्स नामको एप उपयोगि हुनेछ। यसले विकिपिडियालाई आवश्यकता अनुसार अफलाइन राख्नेगर्छ।

गुगल म्यापको समेत अफलाइन प्रयोग गर्न सकिन्छ। तर यो एक महिनाको लागि मात्र हुन्छ। महिना दिन पछि म्यापको फेरी डाउनलोड गर्नु पर्ने हुन्छ।  नागरिक न्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?