Breaking News

लण्डनको ग्याबल अफ टयनबी स्टुडियोको छतमा चार घन्टा निर्वस्त्र बसेको कलाकारको फोटो भाइरल बन्यो

Feb Tue 2020 05:40:18

754 views

लण्डनको ग्याबल अफ टयनबी स्टुडियोको छतमा चार घन्टा निर्वस्त्र बसेको कलाकारको फोटो भाइरल बन्यो

fsdfऐजेन्सी ।  पछिल्ला दिन ‘आर्ट’को नाममा विश्वभर मानिसहरू विभिन्न काम गरिरहेका छन् । यस्ता केही काम त पत्याउनै गाह्रो पर्छ ।

लन्डनमा एक महिला कलाकारले केही दिनअघि यस्तै पत्याउनै गाह्रो काम गरेकी छिन् । कलाको नयाँ स्वरूप भन्दै उनी ग्याबल अफ टयनबी स्टुडियोको छतमा चार घन्टा निर्वस्त्र बसेकी छिन् । अहिले उनको यो प्रयोग सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कलाकार पपी ज्याकसनको छतमा बसेको निर्वस्त्र फोटो रैक्वएल रोड्रिगुयजले लिएकी थिइन् । रोड्रिगुयजले डेली मेललाई भनेकी छिन्, ‘कलाकार पपीले यो सब कसरी गरिन् भन्ने मलाई थाहा भएन । मानिसहरू उनलाई हेर्दै काममा जाँदै थिए । म यसरी निर्वस्त्र घुमेको भए वा एक ठाउँमा बसेको भए पक्राउमा परिसक्थेँ ।’

उता, कलाकार पपीले भने मानिसहरूले महिलाको शरीरबारे के धारणा बनाएका छन् भन्ने बुझ्न यस्तो काम गरेको बताएकी छिन् । उनले आफ्नो वेबसाइटमा महिलाप्रति सामान्य मानिसको मानसिकता बुझ्न योभन्दा राम्रो कला अरू केही नभएको दाबी पनि गरेकी छिन् ।

डेली मेलका अनुसार युनिभर्सिटी अफ लन्डनमा पढाइ सकेकी पपीले यो ‘स्टन्ट’ फेरि दोहोर्‍याउँदै छिन् ।

यसअघि पपीले नै महिलासँग महिनावारी हुँदाको रगत दान गर्न अनुरोध गर्दै अभियान पनि चलाएकी थिइन् ।

- See more at: http://www.rastriyakhabar.com/?p=43867#sthash.2va1nSBQ.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?