Breaking News

६ बर्षदेखि कुवेतबाट बेपत्ता भएकी नेपाली महिला येसरी सुडानबाट घर पुगिन् -विदेशमा पैसा फलेको छ भनेर सोच्नेहरुले जरुर पढनु होला

Feb Tue 2020 05:40:33

809 views

६ बर्षदेखि कुवेतबाट बेपत्ता भएकी नेपाली महिला येसरी सुडानबाट घर पुगिन् -विदेशमा पैसा फलेको छ भनेर सोच्नेहरुले जरुर पढनु होला

६ बर्षदेखि कुवेतबाट हराएकी दाङ जिल्लाकी देवकी मल्ल १५ दिन पहिले सुडानबाट सकुशल नेपाल पुगेकी छिन् । रोजगारीको शिलशिलामा घरेलु कामदारको रुपमा करिव ७ बर्ष पहिला कुवेत आएकी देवकी मल्ल कुवेत आएको १ बर्षपछि सम्पर्क बिहिन भएकी थिइन् । २०११ जनवरी ६ तारिख बिहान कुवेतको अन्तर्राष्ट्रीय विमानस्थलबाट हिँडेकी उनको अत्तोपत्तो थिएन परिवारको आग्रहमा नेपाली दुतावास कुवेत, बिभिन्न संघ–संस्था, मिडियासाथै ब्यक्तिले खोजी गर्दा उनको अवस्था पत्ता लाग्न सकेको थिएन । मल्लको पास्पोर्ट नम्बर – ४६५१९२२१ प्रहरी मापÞर्mत जाँचबुझ गर्दा ६ बर्ष पहिले उनलाई सूडान लगिएको पत्ता लागेको थियो । नेपालसम्मको टिकट र दाङसम्मको भाडा लिएर १५ दिनअघि नेपाल पुगेकी मल्ल भन्छिन् ‘मेरो पासपोर्टको म्याद सकिएको थियो । नयाँ एमआरपी बनाउन आवश्यक कागजातहरु उपलब्ध नहुँदा आजसम्म काम गरेको पैसा पनि नदिएर मलाई घर पठाएको हो । सायद नयाँ पासपोट बनाउन पर्ने बाध्यता नभएको भए मलाई पठाउने थिएन होला । अहिले घर आउन पाउँदा नया जीवन पाएको झैं लागेको छ ।’ देवकी त एउटा उदाहरण मात्र हुन । देवकी जस्ता हजारौं चेलीहरु एक देशमा काम भनेर अर्को देशमा पुगेर वेपत्ता भएका छन् । कतिलाई रोजगार उपलब्ध गराइदिने एजेन्सीले त कतिलाई रोजगारदाताले एक देशमा कामको अनुमति पत्र लिएर अर्को देशमा लगेर शारिरिक र मानसिक शोषण गर्दै आइरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?