Breaking News

खुर्सानीका बारेमा केही रोचक तथ्यहरु

Feb Tue 2020 05:40:44

535 views

खुर्सानीका बारेमा केही रोचक तथ्यहरु
खुर्सानी सबैभन्दा पुरानाे मसला हाे। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ।
खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका छन्। विश्वकै सबैभन्दा पिरो खुर्सानी ‘क्यालोरिना रिपर’ मानिन्छ।
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो यति धेरै पिरो हुन्छ की दुई फिट टाढाबाट नै आँखामा जलन हुन थाल्छ। जानौँ पिरा खुर्सानीहरुका बारेमा केही रोचक तथ्यः
  • क्यालोरिना रिपर (अमेरिकी) लाई विश्वको सबैभन्दा पिरो खुर्सानी मानिन्छ। सन् २०१३ मा गिनीज बुकमा यस खुर्सानीलाई राखिएको थियो।
  • भूत झोलोकिया (भारतीय) पिरोपनको मामिलामा खुर्सानी सातौँ स्थानमा छ। सन् २०११ सम्ममा यो प्रथम स्थानमा थियो।
  • मेक्सिकोमा सबैभन्दा बढी खुर्सानी खाइन्छ। त्यहाँ प्रति वर्ष एक व्यक्तिले ६ केजी हरियो खुर्सानी र आधा केजी रातो खुर्सानी खान्छन्।
  • शिकागोका पेट्रिक बेरतोलेतीले ८ मिनटमा २ सय ७५ वटा जेलेपीनो खुर्सानी खाएर विश्व किर्तिमान बनाएका थिए।
  • खुर्सानीको पिरोपन नाप्न सन् १९१२ मा विल्बर एन स्कोविलेले स्केल बनाएका थिए।
  • खुर्सानीको लागि ‘चिल्ली’ शब्दको सबैभन्दा पहिलो प्रयोग मेक्सिकोमा भएको थियो। त्यहाँ ‘चिल्ली’ अर्थ रातो हुन्छ।
  • १४९४ मा स्पेनिस डाक्टर डन जुएन डि ओनेटले सबैभन्दा पहिला खुर्सानीको फाइदाका बारेमा बताएका थिए।
  • मेक्सिकोका शासक करका रुपमा खुर्सानी असुल्ने गर्थे।
  • जापानमा अपराधीलाई सजा दिन उनीहरुको आँखामा खुर्सानी हालिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?