फेसबुक ग्रुपबाट हटाएको निहुँमा १६ वर्षका सुजनको यसरी हत्या
Feb Tue 2020 05:40:21
510 views
इन्टरनेटको दुरुपयोग सामाजिक सञ्जालको प्रयोगले १६ वर्षका सुजनको यसरी हत्या
रबिन थपलिया
पुरानो गुह्वेश्वरी एज ग्रुप नामको फेसबुक ग्रुपबाट आफुहरुलाई हटाएको भन्दै २०७४ माघ २७ गते युवकहरुको समुहले नुवाकोट सुर्यगढी गाँउपालीका ३ घर भई बालाजुको माछापोखरी बस्ने बर्ष १६ को कुमार सुचिकारको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ । सुचिकार गणेश हिमाल बोडिङ स्कुल गोंगबुमा अध्ययनरत विद्यार्थी हुन् । तारकेश्वर नगरपालीका वडा नं ४ बस्ने बर्ष १६ का सुजन महर्जन समेतका युवकहरुको समुहले माघ २७ गते साँझ ५ बजे गोलढुंगा ४ फुलबारी गेट नकिजै सुचिकारलाई बोलाएर ढुंगा र इट्टा प्रहार गरी घाइते बनाएका थिए । घटनाको भोलीपल्ट चोटपटक लागेर गम्भीर घाइते भएका सुचिकारलाई महानगरीय प्रहरी बृत्तको प्रहरी टोलीको सहयोगमा बिर अस्पतालको ट्रमासेन्टरमा पठाएपनि उपचारको क्रममा माघ २९ गते मृत्यु भएको थियो ।
प्रहरी बृत्त बालाजुले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ९ युवकलाई सार्वजनीक गरेका छ । पत्रकार सम्मेलनमा बोल्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खडकाले इन्टरनेटको दुरुपयोगले हत्या सम्मको अवस्था आएको भन्दै आफना बालबालीकालाई इन्टरनेट प्रयोगका बिषयमा अबिभावक गम्भीर हुनुपर्ने बताए ।
युवक समुहहरुको आक्रमणमा परी घाइते भई उपचारका क्रममा मृत्यु भएका सुचिकारका आमाले लामो समय सम्म छोरा घर नआएपछि प्रहरी बृत्त बालाजुलाई खोजी दिन निवेदन पेश गरेकी थिईन् । माघ २७ गते हराएको छोरा फागुन १ गते हराएको भन्दै मृतककी आमा राधा सुचिकार फागुन ८ गते बालाजु प्रहरीमा पुगेकी थिइन् । राधाको निवेदन पछि प्रहरीले सोधखोज र अनुसन्धान पछि माघ २९ गते उपचारको क्रममा मृत्यु भएको युवकको बारेमा राधालाई बताएछि मृतक आफनो छोरा रहेको थाहा पाएकी थिइन् । बालाजु बृत्तका अनुसार माघ २१ गते मृतक कुमार सुचिकारको मोवाइलमा अचानक फोन लागेको र नबोलेपछि पुन प्रहरी बृत्तमा आएकी थिइन । राधाले घटनाबारेमा यथार्थ जानकारी दिएको केहि घण्टामानै घटनामा संलग्न पुरानो गुह्ेश्वरीका १६ बर्षिय सुजन महर्जन पक्राउ परेका थिए । त्यसलगतै घटनामा संलग्न ९ युवक पक्राउ भएका थिए ।
स्रोत : Sagarmathapost