Breaking News

अब भाइबरबाट ५२ देशमा निःशुल्क फोन गर्न मिल्ने

Feb Wed 2020 02:40:13

461 views

अब भाइबरबाट ५२ देशमा निःशुल्क फोन गर्न मिल्ने

काठमाडौं । भाइबरले दुर्इ साताका लागि संसारको ५१ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने सुविधा दिएको छ । भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने सकिनेछ । यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। तर, देशको कोड भने सही थिच्नुपर्छ ।

बेलायत, अमेरिका, मलेशिया, साउदी अरेयिबा, कतार, जापान, कुवेत, भारत, बहाराइन, बाङ्गलादेश,क्यानडा, बेल्जियम, अस्ट्रेलिया, भुटान, ब्रुनेइ, कम्बोडिया, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, लावोस, लेबनन, मकाउ, नेदरल्याण्ड, न्यू जिल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की लगायतका देशमा निःशुल्क फोन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?