Breaking News

निद्रामै ९ किलोमिटर हिंड्ने यी युवतीले गर्दा प्रहरीले गर्यो अलर्ट जारी

Feb Tue 2020 05:40:14

448 views

निद्रामै ९ किलोमिटर हिंड्ने यी युवतीले गर्दा प्रहरीले  गर्यो अलर्ट  जारी

कतिपय मानिसको निद्रामै हिड्ने बानी हुन्छ । तर एकदुइ पाइला हिँडेपछि धेरै ब्युँझिन्छन् । यसलाई चुनौति दिँदै एक युवती निद्रामै ९ किलोमिटर हिँडेकी छिन् ।निद्रामा यतिधेरै हिँड्ने तथा बोलचाल र अन्य काम समेत गर्ने टेलरले ब्युँझिएपछि भने आफुले निद्रामा गरेका कुनैपनि कुरा सम्झिँनन् । अमेरिकाको कोलोराडोकी १९ वर्षीया टेलर कम्मल निद्रामा केवल पैदल मात्र हिँडिनन् उनले बसको यात्रा पनि गरिन् । अनि अन्त्यमा आफ्नो काकाको घर पुगिन् । रातमा सुतेकी छोरी एक्कासी हराएपछि उनका बाउआमा डराए । तर काकाको घर पुगेको थाहा पाएपछि ढुक्क भए । यी युवतीको यस्तो रोगका कारण प्रहरीले शहरमा अलर्ट नै जारी गरेर उनको बारेमा जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?