Breaking News

नेशनल माइक्रो फाइनान्सको आइपीओमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन !

Feb Tue 2020 05:40:49

314 views

नेशनल माइक्रो फाइनान्सको आइपीओमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन !

काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले साउन १६ अर्थात आइतबारदेखि मागेको आइपीओको आवेदनमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन परेको छ ।

यो संस्थाले ३ करोड मूल्यको ३ लाख कित्ता प्राथमिक सेयरको निश्कासन गरेको हो । यसका लागि आवेदन दिने मिति आइतबारदेखि थियो । एकसय रुपैयाँ अंकित मूल्यको आइपीओका लागि पहिलो दिन नै ३५.१६ गुणा बढी आवेदन परेको आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले जनाएको छ ।

आइपीओको यो अफर आगामी साउन १९ गते बन्द हुनेछ । इच्छुक आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ ।

यो संस्थाले कुल निश्कासित प्राथमिक सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता ७ वटा म्यूचिअल फण्डवाला कम्पनीका लागि र बाँकी २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

यो माइक्रो फाइनान्स कम्पनीले आइपीओको निश्कासनबाट चुक्तापूँजीमा ३ करोड थप गर्ने योजना बनाएको छ । आइपीओको व्यवस्थापनपछि कम्पनीको कुल चुक्तापूँजी १० करोड रुपैयाँ पुग्ने बताइएको छ । अधिकृत पूँजी ५० करोड रुपैयाँको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?