Breaking News

एनसेलको ‘फ्रि फेसबुक’ अफर मात्र होइन राम्रोसँग नेट न्युट्रालिटीको बारे अनभिज्ञ छन् प्रयोगकर्ताहरु

Feb Tue 2020 05:40:33

617 views

एनसेलको ‘फ्रि फेसबुक’ अफर मात्र होइन राम्रोसँग नेट न्युट्रालिटीको बारे अनभिज्ञ छन् प्रयोगकर्ताहरु

एनसेलले मात्र हाेइन, एनटिसी र अन्य ISP हरुले पनि । फेसबुकको डाटालाई फ्री, अर्कोलाई पैसा लिने, युट्युबको डाटालाई फास्ट र अर्को भिडियो साईटलाई स्लो आदि गरेर हाम्रो अधिकार कुण्ठित गरिरहेका छन् ।

एनसेलको ‘फ्रि फेसबुक’ अफर बारे सबैलाई थाहा होला तर यसको भित्री कुरा धेरैलाई थाहा नहोला र बिरोध गर्न नसकेका होलान् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने तपाईहरु एकपटक राम्रोसँग नेट न्युट्रालिटी (Net Neutrality)को बारेमा अध्ययन गर्नुहोला :

इन्टरनेटको सबै डाटा (इन्टरनेटमा फ्लो हुने सबै १ र ० हरु ) समान हुनुपर्छ,सबै डाटालाई बराबर महत्व दिइनुपर्छ भन्ने कुरा मुख्य हो । अहिले नेपालमा ठूलाठूला कम्पनीहरुले नै नेट न्युट्रालिटीको हनन गरी रहेका छन । एनसेलले मात्र हाेइन, एनटिसी र अन्य ISP हरुले पनि । फेसबुकको डाटालाई फ्री, अर्कोलाई पैसा लिने, युट्युबको डाटालाई फास्ट र अर्को भिडियो साईटलाई स्लो आदि गरेर हाम्रो अधिकार कुण्ठित गरिरहेका छन् ।

नेपाल विद्य्युत  प्राधिकरणले बिजुलीमा पनि यस्तै केही गर्यो भने विरोध गर्न तपाई नै आगाडि सर्नुहुन्छ होला । टिभी हेरेको एक युनिटको रु. १०, कम्प्युटरको रु. ३०, पंखा चलाको १००, अनि उशाको पंखा चै फ्रि, LG को फ्रिज चलाको रु १००० र SAMSUNG को फ्रि, आदि आदि प्लान बिजुलीमा भयो भने त्यो ठीक कि बेठीक ?

जसरी बिजुली तपाईले किने पछी , जे सुकै गर्नुस् टिभि हेर्नुस् वा पानी तान्नुस् जुन ले जति युनिट बिजुली खन्छ त्योअनुसार पैसा तिर्नु हुन्छ कि हुन्न ? सोच्नुस त उशाको पंखा जति चलाए पनि फ्रि अनि अरु कुनै कम्पनी को चैं पैसा लाग्ने सिस्टम लागु भयो भने तपाई मान्नु हुन्छ ? बिजुली जस्तै डाटा पनि हाम्रो लागि अत्यन्तै महत्वपूर्ण कुरा हो । यसमा कुनै पनि ISP वा कम्पनीले नियन्त्रण गर्न मिल्दैन । यो डेमोक्रेशीको कुरा हो । यो जनताको आधारभूत आधिकारभित्र पर्ने कुरा हो ।

  • अनुप न्याैपाने (फेसबुक पाेस्टबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?