मेलामा सहभागी हुन दर्ता भएका सबै नर्सरीहरुले आफ्ना स्टल फूलले सजाउने काम सम्पन्न गरिसकेको एशोसिएशनका कार्यक्रम संयोजक जेबी तामाङले जानकारी दिए।
गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले कात्तीक १९ देखि २२ गतेसम्म जावलाखेलको खेलमैदान ललितपुरमा संचालन गर्न लागेको उनले बताएका छन् । उनका अनुसार नजिकिँदै गरेको तिहारलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो।
प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको विकास भई गुणस्तरिय फूल बिरुवाहरु उत्पादन गर्न सघाउ पु¥याउनुका साथै क्षमता अभिबृद्धि हुने विश्वास फ्लोरिकल्चर एशोसिएशनका महासचिब मिनबहादुर तामाङले बताए ।
मेलामा व्यवसायीक स्टल, सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित जम्मा ३६ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।
विश्व बजारसंग संगै नेपालमा पनि पुष्प तथा पुष्पजन्य बस्तुको मागमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशतको दरले बृद्धि भइरहेकोे सन्दर्भमा यससंग संबन्धित उद्योगहरु पनि क्रमशः विस्तारित भइरहेको अध्यक्ष लोकनाथ गैरेले बताए ।
तस्बिर साैजन्य: फ्लाेरिकल्चर एशाेसिएशन नेपाल/nagariknews.com