Breaking News

२७ करोड भन्दा बढि प्रयोगकर्ताका इमेल र त्यसको पासवर्ड लिक

Feb Tue 2020 05:40:37

213 views

२७ करोड भन्दा बढि प्रयोगकर्ताका इमेल र त्यसको पासवर्ड लिक

आफ्नो पनि पासवर्ड लिक त भएको छैन यसरी थाहा पाउनुहोस्

यो लिंक मा क्लिक गरेर आफ्नो इमेल ठेगाना सर्च अहिल्यै गर्नुहोस्

  पछिल्लोपटक भएको इमेल लिकबाट विश्वका करोडौँ इमेल प्रयोगकर्ता प्रत्यक्ष प्रभावित हुने देखिएको छ । त्यसैले आफ्नो इमेल अकाउण्टको जानकारी सुरक्षित गर्नका लागि तत्कालै पासवर्ड परिवर्तन गरेर सुरक्षित पासवर्ड राख्नु उपयुक्त हुनेछ । तपाइँको इमेल पासवर्ड पनि लिक भएको हुनसक्छ । त्यसैले तत्कालै पासवर्ड बदलिहाल्नुहोस् र आफ्नो इमेल अकाउ-ट सुरक्षित बनाउनुहोस् ।
आफ्नो इमेलको डाटा लिक भएको छ किन छैन भन्ने जान्नका लागि यो लिंकमा क्लिक गरेर आफ्नो इमेल ठेगाना सर्च अहिल्यै गर्नुहोस् ।

ह्याकरहरुले जिमेल, हटमेल तथा याहु समेत गरी २७ करोड भन्दा बढि प्रयोगकर्ताका इमेल र त्यसको पासवर्ड लिक गरिदिएका छन् । होल्ड सेक्योरिटी नामक कम्पनीले एक रिपोर्टमा दाबी गरे अनुसार एक ह्याकरबाट उसले यी तमाम डाटा फेला पारेको छ । लिक भएका डाटाहरुमा जिमेल, हटमेल तथा याहू प्रयोग गर्ने प्रयोगकर्ताहरुका इमेल ठेगाना तथा पासवर्ड पनि हुनसक्ने बताइएको छ ।

यी डाटाहरु कहाँबाट लिक भएका हुन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन । होल्ड सेक्योरिटीले आफ्नो ब्लगमा ह्याकर तथा उसको स्थानका बारेमा केही खुलाएको छैन, मात्र आफुलाई कोही ह्याकरले दिएको मात्र बताएको छ ।

आफुसँग फरक फरक समयमा ह्याक भएका झण्डै १० गिगाबाइट डाटा रहेको र कुल ९० करोड इमेल रहेको उसले बताएको छ । त्यसमा सबै नयाँ नरहेको पनि उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?