Breaking News

शहरमा लागु औषध प्रयोगकर्ताको अवस्था यस्तो छ : खड्ग श्रेष्ठ

Feb Tue 2020 05:40:49

511 views

शहरमा लागु औषध प्रयोगकर्ताको अवस्था यस्तो छ : खड्ग श्रेष्ठ

मानिसको अनेक ईच्छा र अकांक्षा हुुनु स्वभाविक कुरा हो । मेरो रुची बाल्यकाल देखिनै समाजको सेवा गर्न रुचाउथे । फलस्वरुप काम गदै जाँदा २०६९ सालदेखि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण कार्याक्रम अधिकृतका रुपमा कार्यरत छु । यसमा मलाई आत्मसन्तुष्टि छ ।

नेपालमा लागु औषध दुरुपयोगको अवस्था भयाभह रुपमा अगाडी बढीरहेको देखिन्छ । यसको प्रयोग संख्या खासगरी शहरी क्षेत्रमा बढी छ । बिशेष गरेर करिब १५ वर्षदेखि २५ वर्षसम्मका युवाहरुमा यो समस्या देखिन्छ । त्यसमा विशेषत २०६९ को तथ्याङक अनुसार काठमाडौमा देखिन्छ । २०६३ सालमा लागु औषध प्रयोगकर्ताको संख्या ४६ हजार ३०९ थियो भने २०६९ सालमा ९१ हजार ५ सय ३४ पुगेको तथ्याङमा देखिन्छ ।

लागु औषध प्रयोगकर्ता बढ्नुको मुख्यगरी उत्सुकता, साथीहरुको करकाब, पारिवारिक समस्या, निराशापन, प्रेममा असफलता, अध्ययनमा असफलता, बेरोजगार आदि समस्याले गर्दा प्रयोगकर्ताको संख्या बढ्दो छ । यो समस्याको समाधानका निम्ती राज्यबाट पनि ऐन, नीति र रणनिती नभएका पनि होईनन् ।  लागु औषध नियन्त्रण ऐन २०३३, लागु औषध नियन्त्रण नीति २०६३ र लागु औषध नियन्त्रण रणनिती २०६६ रहेका छन् ।

नीति २०६३ अनुसार आपूर्ति नियन्त्रण, माग घटाऊ र जोखिम न्युनिकरण सरकारले लागु गरेको थियो । मुलुकमा देखिएका यस खालका समास्या न्युनिरकणका लागि विभिन्न गैरसरकारी संस्था र लागु औषध नियन्त्रण कार्यक्रमले सञ्चालन गरेका विभिन्न लागु औषध दुरुपयोग विरुद्ध अभिमुखीकरण कार्यक्रम, निशुल्क उपचार र विभिन्न क्षेत्रमा तालिम तथा गोष्ठीहरु सञ्चालन भईरहेका छन् । यस्ता कार्यक्रमले समाजमा केही मात्रामा प्रत्यक्ष मानिसहरु लाभान्भीत भएको देख्न सकिन्छ ।

                                                                                              खड्ग बहादुर श्रेष्ठ

                                                                             कार्यक्रम अधिकृत; लागु औषध नियन्त्रण कार्याक्रम गृह मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?