Breaking News

आयो ऊड्ने ट्याक्सी, जुनसुकै बेला अब आकाशमै सरर !

Feb Tue 2020 05:40:24

566 views

आयो ऊड्ने ट्याक्सी, जुनसुकै बेला अब आकाशमै सरर !
हेली एयर नेपालले  व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ। हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ। अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ। अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरीको समयमा पनि यो हेलिकप्टर सामन्य अवस्थामा उडान पार गर्ने सफल हुनु नै यसको मुख्य विशेषता  चालकसहित दुई जना यात्रा गर्न मिल्ने यसको मुख्य विशेषता भनेको दृष्यावलोकन हो जहाँ यात्रुले सतहको नजिकबाट चारैतिरको स्पष्ट दृष्यावलोकन गर्न सक्छन्। चालकसहित दुईजना मात्र यात्रा गर्न मिल्ने लाइट हेलिकप्टरले जमिनबाट ५०० मिटरको उचाई देखि १२,००० फिटको उचाइसम्म उड्न सक्छ।आपतकालिन अवस्थामा जहाँजस्तो ठाउँमा अवतरण गर्न सक्ने यो हेलिकप्टरको लागि उड्नको लागि भने ९० मिटरको खाली ठाउँ चाहिन्छ। यो हेलिकप्टरबाट भन्दै ३६० डिग्रीमा दृष्य देख्न सकिने र सतहको पाँच सय फिटसम्मको दुरीबाट पनि अवलोकन गर्न सकिनेछ । कतिपय व्यक्तिहरु एक्लै यात्रा गर्न बढी रुचाउँछन्। उनीहरुलाई हेलीकप्टर चार्टर गर्दा महंगो शुल्क लाग्छ, अल्ट्रा लाइटले लामो यात्रा तय गर्न सक्दैन, त्यस्ता पर्यटकका लागि हेली एयरको सेवा लाभदायी हुने  छ। एयर ट्याक्सीको सुविधा! जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सक्छन्।तर तत्कालको लागि हेली एयरको प्राथमिकतामा भने पोखराको दृष्यावलोकन र माउन्टेन उडान हो। हेली एयरले तत्कालको लागि पाँचवटा प्याकेज ल्याएको छ। विदेशी र नेपालीको लागि ए उटै दर निर्धारण गरेको एयरले १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज ल्याएको छ।पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ। पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ।अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ।९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ। अल्पाइन टुर नामको प्याकेजमा दुई घण्टाको समय निर्धारण गरेको हेली एयरले माउन्टेन उडासँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराउने जनाएको छ। जसको भाडा ६ सय ९८ अमेरिकी डलर रहेको छ। यीअन्य हेलिकप्टर टुरमा ९० मिनेटको समयमा २ हजार अमेरिकी डलरभन्दा बढी लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?