Breaking News

राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

Feb Tue 2020 05:40:49

307 views

राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

काठमाडौं ।  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् । फोर्ब्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो ।

नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहेपनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने फोर्ब्सले उल्लेख गरेकेा छ ।

महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको फोर्ब्सले उल्लेख गरेको छ

जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वकोे सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् ।

दुनियाका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचिमा ५१ जना अमेरिकी महिला छन् । मर्केलपछि दोश्रो स्थानमा अमेरिकी राष्ट्रपतिय चुनावको दौडमा रहेकी नेतृ हिलेरी क्लिन्टन छिन् । फेडरल रिजर्भ बैंककी जेनेट येलेन तेश्रो स्थानमा छिन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनबाट यो वर्ष ९ महिलाहरुले फोब्र्सको शक्तिशाली महिलाको सूचिमा आफ्नो स्थान बनाएका छन् ।

फोब्र्सको सय शक्तिशाली महिलाको सूचिमा परेका मध्ये ३२ जना विभिन्न कम्पनीका सिइओहरु छन् । त्यस्तै १२ जना विश्व नेतृ तथा ११ जना अर्वपति छन् । ९ जना महिलाहरु यस्ता छन् जसले शून्यबाट सुरु गरेर अरबौँ डलरको व्यवसाय स्थापित गरेका हुन् ।

१ सय जना शक्तिशाली महिलामध्ये टप टेन यी हुन् ·       एन्जेला मर्केल ·       हिलारी क्लिन्टन ·       ज्यानेट एलेन ·       मेलिन्डा गेट्स ·       म्यारी बारा ·       क्रिस्टिन लेगार्ड ·       शेरिल स्यान्डवर्ग ·       सुसन ओज्सिकी ·       मेग ह्वाइटम्यान ·       आना प्याटि्रसिया बोटिन

त्यस्तै म्यानमारकी नेतृ आंग सांग सूची २६ औँ स्थानमा छिन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा छिन् ।

भारतीय नेतृ सोनिया गान्धी भने शक्तिशाली महिलाको सूचिमा परिनन् ।

-Onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?