Breaking News

कालीकोट दुःखद घटना: हेर्दाहेर्दै साथीहरुलाई बगायो, बजार पुरै बगरमा परिणत भयो

Feb Tue 2020 05:40:21

861 views

कालीकोट दुःखद घटना: हेर्दाहेर्दै साथीहरुलाई बगायो, बजार पुरै बगरमा परिणत भयो
  • गौरी परियार/ कालिकाेट

पानी पर्न थालेपछि हामी कहिल्यै पनि सुत्दैनौं । किनकी बाढी पहिरोको सधैं डर हुन्छ । हिजो राती झण्डै ११ बजेतिर अलिअलि पानी पर्न थाल्यो । एकैछिनमा असिना पनि पार्याे । चट्याङ पनि परेजस्तो भयो तर त्यत्ति परेन । पानी पर्न थालेपछि सुतेकाहरु पनि उठे । अब के होला भन्ने सबैलाई डर भयो ।

जम्मा पाँच मिनेट मात्र असिना पानी परेको थियो, त्यसपछि सबै भताभुङ्ग पार्याे । उतिखेरै दल नदीमा बाढी आयो, माथिबाट पहिरो खस्न थाल्यो । हाम्रा धेरै साथीहरुलाई बगायो । हामी सबैजना एकले अर्कोलाई बचाउ भन्नुको विकल्प नै भएन । तल जाउँ भने उर्लंदो नदी, माथि जाउँ भने डरलाग्दो पहिरो । के गर्नु कुनै विकल्प नै थिएन । अझै पाँच मिनेट मात्रै पानी परेको भए हामी पनि जिउँदो भेटिने थिएनौं । उद्धार गर्न कोही पनि आउन सक्दैनथे । धेरै साथीलाई बाढीले नदीतिर लगेको छ । चनाखो भएर बसेका बाँच्यौ । चनाखो नभएकाहरुलाई बगायो । कति साथी त चनाखो नै भएर बस्दा पनि अर्को ठाउँमा भाग्न खोज्दा बगायो । हातमा समात्दा समात्दै पनि दुई महिनाको बच्चा समेत बगेको छ । सुतिरहेका श्रीमान श्रीमती पनि बगेका छन् । हामीले दुई जनालाइ चाहिँ बचायौं । कालिकोटका भण्डारी र उहाँकी छोरी । भण्डारीको खुट्टा नै पुरिएको थियो । बल्ल बल्ल निकाल्यौ । अहिले बाबुछोरी कै उपचार भैरहेको छ । उहाँको त खुट्टा फ्याक्चर भएको छ । एक्कासी बाढीले घर बगाउँदा धेरै जना कराइरहेका थिए । तर के गर्नु बचाउने विकल्प थिएन । आफैं बाँच्न कोशीस गर्यौं । अहिलेसम्म ५ जना साथीको शव भेटिएको छ । उनीहरुको पोष्टपार्टम गरिरहेका छन् डाक्टरले । अरु धेरै हराएका छन्। यो ठाउँ एउटा व्यापारिक केन्द्र हो । यहाँ झण्डै साढे २ सय वटा पसल छन् । राती पानी परेपछि म सहित मेरो परिवारको ४ जना र अर्को साथीको ३ जना गरी हामी ७ जना ढुंगामा बस्यौं । धेरै पानी परेपछि त्यो ढुंगा पनि बगाउला जस्तो भएपछि हामी त्यहाँबाट निस्कियौ । अहिले एउटा खाली ठाउँमा बसेका छौं । राती माथि जाँदा पहिरो खसेको थियो । तल जाँदा कर्णाली नदी छ । आजै बेलुकी पानी पर्यो भने हामी जाने ठाउँ छैन । कालिकोटको कोटवडा ६ को गेज बजार भन्छ यसलाई । नदी नजिकै वस्ती छ । यो एउटा व्यापारिक बजार पनि हो । कालिकोट र बाजुराका झण्डै साढे २ सय परिवार यहाँ व्यापार गरेर बसेका छौ । कालिकोटबाट हिँडेर जान झण्डै साढे २ घण्टा लाग्छ । गाडीमा एक घण्टामा पुगिन्छ । तर अहिले पहिरो खसेपछि सबै बाटो बन्द छन् । (बिहीबार रातीकाे बाढी पहिरोबाट बच्न सफल कालिकोट कोटवडाकी ३१ वर्षका परियारसँग सजना तिमल्सिनाले गरेको कुराकानीमा अाधारीत)lalaifff

-  http://newssanchar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?