Breaking News

२०१६ जनवरी १ मा ‘टोपी दिवस’ मनाइयो सामाजिक सञ्जालमा चर्चा

Feb Tue 2020 05:40:14

417 views

२०१६ जनवरी १ मा  ‘टोपी दिवस’ मनाइयो सामाजिक सञ्जालमा चर्चा

हिमाल पहाड तराइले लगाउने मेरो टोपी वीरहरुको उच्च शिर गराउने मेरो टोपी

लालीगुराँस सुनाखरी जस्तै भिरमा फुलेर नि नेपालीको स्वाभिमान जगाउने मेरो टोपी

सहासिला गोर्खालीको खुकुरीको धार जस्तो शत्रुहरुको हात खुट्टा कमाउने मेरो टोपी

तीन करोड़ नेपालको पहिचान झल्काउदै सद्भावको श्रीपेचझैं सुहाउने मेरो टोपी

२०१६ जनवरी १ मा काठमाडौं सहित शहरबजार  धेरै युवायुवती ढाका टोपी लगाएर निस्के ।  फेसबुक र ट्वीटरमा प्रायः सबैले टोपी लगाएको फोटो राखे

कतिपय युवायुवती टोपी लगाएरै घर बाहिर निस्के । कतिपयले भने फोटो खिचेर फेसबुक र ट्वीटरमै राख्नको लागि मात्र भएपनि टोपी लगाए । नेतादेखि सर्वसाधारणसम्ममा टोपी मोह देखियो ।

औपचारिक रुपमा घोषणा नभएपनि युवाहरुले स्वतःस्फुर्त रुपमा जनवरी १ तारिखलाई राष्ट्रिय पोशाक दिवस अर्थात ढाका टोपी दिवस मनाउने अभियान थालेका हुन् । अभियान थालेका युवाहरुले राष्ट्यिता र आफ्नो मौलिक पन झल्काउन भन्दै टोपी लगाएर निस्केको देख्दा अरुलाई पनि लगाउन मन लाग्यो । त्यसैले सधैं नलगाएपनि आज एक दिन त लगाउँ न त भन्दै धेरैले ढाका टोपी लगाएका हुन् ।

युवतीहरुमा पनि टोपी मोह निकै देखियो । कतिले यसलाई फेशनको रुपमा लिए भने धेरैले चाहिँ.राष्ट्यिता झल्काउने अभियानलाई साथ दिनको लागि टोपी लगाए । उनीहरुले टोपीको महत्व र गुणगान सहित गीत र कविता पनि सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

हिमाल पहाड तराइले लगाउने मेरो टोपी वीरहरुको उच्च शिर गराउने मेरो टोपी

लालीगुराँस सुनाखरी जस्तै भिरमा फुलेर नि नेपालीको स्वाभिमान जगाउने मेरो टोपी

सहासिला गोर्खालीको खुकुरीको धार जस्तो शत्रुहरुको हात खुट्टा कमाउने मेरो टोपी

तीन करोड़ नेपालको पहिचान झल्काउदै सद्भावको श्रीपेचझैं सुहाउने मेरो टोपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?