Breaking News

साइवर क्राइम: प्रयोगकर्ताको मोबाइल फोनबाट जानकारी चोर्ने एप

Feb Tue 2020 05:40:28

393 views

साइवर क्राइम: प्रयोगकर्ताको मोबाइल फोनबाट जानकारी चोर्ने एप
गुगलले फेसबुक, ह्वाट्सएपजस्ता सोसल मिडिया एपसँगै प्रयोगकर्ताको स्मार्टफोनबाट जानकारीहरु चोर्ने Tizi नामक एप पत्ता लगाएको छ । Tizi नामको यो एपले मोबाइल फोनको कल रेकर्डबाट पनि जानकारी चोर्दछ र यस्तो चोरी यति सावधानीपूर्वक गर्दछ कि प्रयोगकर्ताले सुइँको सम्म पाउँदैनन् । गुगलका अनुसार Tizi एपले लोकप्रिय सोसल मिडिया एपबाट संवेदनशील डाटा चोर्नका लागि फोनमा स्पाईवेयर अर्थात् जासूस भाइरस इन्स्टल गरिदिन्छ । गुगल प्ले प्रोटेक्ट सेक्योरिटीको टिमले यस एपको बारेमा गत सेप्टेम्बर महिनामा जानकारी प्राप्त गरेको थियो । गुगलले यस एपलाई प्ले स्टोरबाट हटाइसकेको छ र अन्य सबै प्रभावित डिभाइसलाई यस बारेमा सूचना पनि पठाएको छ । कम्पनीले यस एपका डेभलपरको अकाउन्ट पनि निलम्बन गरेको छ । Tizi को सुरुवाती भर्सनमा मोबाइलका डाटा चोर्ने रुटिंग क्षमता नभएतापनि पछिल्लो भर्सनले मोबाइल डिभाइसबाट संवेदनशील डाटा चोर्न सुरु गरेको गुगलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?