Breaking News

एक वर्ष अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए दुइ बैज्ञानिक

Feb Tue 2020 05:40:13

272 views

एक वर्ष अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए दुइ बैज्ञानिक

रुसका मिखाइल कोनीइन्को र अमेरिकाका स्कट केली अन्तरीक्षमा एक वर्ष बिताएका छन् । उनीहरु हालै अन्तरिक्षबाट पृथ्वीमा फर्किएका छन् ।

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा मानिसहरुले बिताउने समय भन्दा उनीहरुले दुई गुणा बढी समय बिताएका हुन् । उनीरुले तीन सय ४० दिन अन्तरिक्षमा बिताए । यसक्रममा उनीहरुले शरिरमा लामो दूरीका स्पेसफ्लाईटको असरका सम्बन्धमा अध्ययन गरेका छन् ।

दुई वैज्ञानिकहरुलाई बोकेर सर्जी भोल्कोभको अन्तरीक्ष यानले काजखस्तानमा स्थानीय समयअनुसार ४ बजेर २६ मिनेटमा अवतरण गरको थियो ।

उक्त मिसन अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा एक कीर्तिमान हो । केलीले यसका साथै अन्तरीक्षमा आफ्ना चार यात्रामा कुल ५ सय २० दिन बिताएका छन् । आईएसएसले गरेको यो कीर्तिमानी मिसनपछि केलीले ५ सय २० दिन अन्तरीक्षमा बिताउने वैज्ञानिकको कीर्तिमान बनाए ।

उनले मानव जीवनसँग झन्डै एक वर्षसम्म छुट्टिनु पर्दा निकै पीडा महसुस भएको प्रतिक्रिया दिए ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?