Breaking News

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

Feb Tue 2020 05:40:18

682 views

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित
प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ । प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा बाहिर रहेका व्यक्तिलाई सचेत गराउन पनि यो विधि उपयोगी हुने बताउँछन् । प्रहरीले हालै साउदी अरबमा रहेका एक युवकलाई म्यासेन्जरमार्फत सन्देश सम्प्रेषण गरेको छ, जसले स्टाटस लेखेर ‘एजिज रेन’ नामक फेसबुक प्रोफाइललाई गाली गलौज गरेका थिए । ‘गाली गलौज गरेको विषयमा हामीलाई जानकारी प्राप्त भएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले अनलाइनखबरसँग भने, ‘उनी विदेशमा भएकाले पक्राउ गरेर ल्याउने विषयमा अफ्ठ्यारो थियो । त्यसैले सचेत गराइएको हो ।’ अनलाइनखबरलाई प्राप्त म्यासेजको स्क्रीनसट अनुसार पीडक व्यक्तिलाई ब्युरोको आधिकारिक फेसबुक प्रोफाइलबाट सोधिएको छ, ‘तपाईं र अजिज रेनबीच पूर्व कुनै रिसिइबी थियो कि ? यसरी पोष्ट गर्नुको प्रमुख कारण के हो ? यस सम्बन्धमा, खुलाइ लेखी पठाउनु होला ।’ उनले प्रहरीलाई प्रश्नको जवाफ पनि दिएका छन् । डीआईजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित भएको बताउँदै सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?