Breaking News

स्मार्टफोनका अगाडी नटिकेका ८ लोकप्रिय ग्याजेटहरु

Feb Tue 2020 05:40:40

450 views

स्मार्टफोनका अगाडी नटिकेका ८ लोकप्रिय ग्याजेटहरु

स्मार्टफोन बजारमा छाइरहँदा अरु धेरै ग्याजेट बेकम्मा बने र बनिरहेका पनि छन् । स्मार्टफोनले बेकम्मा बनाइदिएका ८ ग्याजेट यस्ता छन्ः

१. पेजरः मोबाइल युगभन्दा अघि पेजर निकै चल्तीको कम्युनिकेसन ग्याजेट थियो । यसबाट टेक्स्ट तथा भ्वाइस मेसेज पठाउन र पाउन सकिन्थ्यो । तर अहिले यसको प्रयोग हुँदैन । मोबाइल तथा स्मार्टफोनबाटै एसएमएस र एमएमएस पठाउन सकिन्छ । टेक्स्ट मेसेज मात्र होइन ह्वाट्सएपजस्ता विभिन्न मेसेजिंग एप पनि छन् जसको माध्यमबाट मेसेजिंग तथा निशुल्क फोन कल पनि गर्न सकिन्छ । हुँदा हुँदा एसएमएस समेत आउटडेटेड भइसक्यो भने पेजरको नामोनिसान रहने कुरै भएन ।

smartphone-users

pagers

२. पोर्टेबल मिडिया प्लेयरः एक समय थियो जब पोर्टेबल मिडिया प्यलेर निकै लोकप्रिय थियो । त्यसमा ब्याट्री हालिन्थ्यो र क्यासेट प्ले हुन्थ्यो । पछि एप्पलको आइपड र एमपीथ्री प्लेयर जस्ता डिभाइस पनि आए । तर स्मार्टफोन आएसँगै यी ग्याजेट पनि बेकम्मा हुँदै गए ।

३. एफएम रेडियोः एक समय थियो जुनबेला आफुसँग एउटा सानो एफ एम रेडियो हुनु अनिवार्य जस्तै मानिन्थ्यो । तर स्मार्टफोन आएसँगै छुट्टै एफएम रेडियो आवश्यक रहेन, किनकी फिचर फोन तथा स्मार्टफोनमै रेडियो पनि बजाउन सकिन्छ । अझ अहिले अनलाइनको दुनियामा त अनलाइनबाटै पनि विभिन्न एफएम रेडियो सुन्न सकिने भएको छ ।

४. पर्सनल डिजिटल असिस्टेन्टः पर्सनल डिजिटल असिस्टेन्ट एक ग्याजेट थियो, जो कार्यालयमा कामकाजी मानिसहरुको लागि निकै कामलाग्ने चिज थियो । यसमा पिडिएफ रिडर हुन्थ्यो र इमेल पनि चेक गर्न सकिन्थ्यो । यसमा ब्लुटुथ कनेक्टिभिटी तथा वाइफाइ कनेक्टिभिटी समेत उपलब्ध हुन्थ्यो । तर स्मार्टफोन आएसँगै यसको प्रासंगिकता समाप्त भयो । अहिले स्मार्टफोन तथा ट्याबमा एप इन्स्टल गरी तपाइँ आफुले चाहेको काम गर्न सक्ने अवस्था छ ।

५. जिपिएस नेभिगेसन सिस्टमः कुनै नयाँ ठाउँमा घुम्न जानुछ भने पहिले मानिसहरु जिपिएस नेभिगेसन सिस्टमवाला उपकरण लिएर जान्थे । कारको ड्यासबोर्डका लागि पनि यस्तै खालको सिस्टम आउँथ्यो । तर अहिले स्मार्टफोनमा पनि जिपिएस हालिएको हुन्छ । गुगल म्यापको सहयोगले तपाईं आफुले चाहेको ठाउँमा पुग्न सक्नुहुन्छ । स्मार्टफोनमा कारमा ठड्याएर रियल टाइम ट्राफिक अपडेट समेत लिन सकिने भएको छ दुनियाँमा ।

६. प्वाइन्ट एण्ड शूट डिजिटल क्यामराः कुनै जमानामा डिजिटल क्यामरा हुनु भनेको शानको विषय थियो । तर अहिले स्मार्टफोनमै यति गुणस्तरीय तथा शक्तिशाली क्यामरा हुने गरेका छन् जसले डिएसएलआर क्यामराले जत्तिकै गुणस्तरीय तस्वीर खिच्न सक्छन् । यस्तोमा प्वाइन्ट एण्ड सूट डिजिटल क्यामरा प्रायः विलुप्त हुँदैछन् र भएका पनि निकै कम मात्र बिक्छन् ।

७. रिमोट कन्ट्रोलरः अहिले लगभग सबैजसो इलेक्ट्रोनिक्स डिभाइससँग रिमोट कन्ट्रोलर आउँछ । तर ती डिभाइसलाई तपाईं आफ्नो स्मार्टफोनबाटै कन्ट्रोल गर्न सक्नुहुन्छ । धेरै स्मार्टफोन यस्ता हुन्छन् जसमा आइआर ब्लास्टर लगाइएको हुन्छ । तपाईंले मात्र रिमोट कन्ट्रोल एप आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको स्मार्टफोन नै रिमोट कन्ट्रोलर बन्दछ । यस्तोमा अरु रिमोट कन्ट्रोलरको काम हुँदैन ।

portable-game

८. पोर्टेबल गेमिंग कन्सोल अर्थात भिडियो गेम ग्याजेटः निनटेन्डोले गेम ब्वाय नामबाट सन् १९८९ मा पहिलो गेमिंग कन्सोल लञ्च गरेको थियो । त्यसपछि कैयन् यस्ता स-साना गेमिंग कन्सोल बजारमा आए जसलाई मज्जाले हातमा राखेर खेलाउँदै जहाँ पनि लग्न सकिन्थ्यो । तर अहिले स्मार्टफोनमै आफुले चाहेका गेम्स उपलब्ध हुन्छन् । एप स्टोरमा असंख्य गेमहरु उपलब्ध छन्, गुणस्तरीय ग्राफिक्सका साथ । यस्तोमा ती पूराना पोर्टेबल गेमिंग कन्सोल बेकम्मा बनिसके ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?