Breaking News

स्मार्ट ह्याकरहरु जसले मान्छेको दिमाग पढेरै पासवर्ड पत्ता लगाउँछन्

Feb Tue 2020 05:40:44

395 views

स्मार्ट ह्याकरहरु जसले मान्छेको दिमाग पढेरै पासवर्ड पत्ता लगाउँछन्

एक अनुसन्धानले न्टरनेटमा त तपाईं सबै प्रकारका सेक्योरिटीका तरिकाहरु यस्तै डरलाग्दो तथ्य बाहिर ल्याएको छ ।  शोधकर्ताहरुका अनुसार यदि तपाईंले एउटा विशेष खालको हेडसेटको प्रयोग गर्नुभयो भने ह्याकरहरुले तपाईंको दिमाग पढेरै तपाईंका अनलाइन अकाउन्टहरुका पासवर्ड तथा पिनकोड पत्ता लगाउन सक्नेछन् ।

वैज्ञानिकहरुका अनुसार इलेक्ट्रोएक्नोफेलोग्राफ (इइजी) हेडसेट प्रयोग गर्ने मानिसहरुको पासवर्ड ह्याक गर्न सजिलो छ । मस्तिष्कको तरंगहरुको सेन्सिङमा काम गर्ने यो प्रविधि असुरक्षित देखिएको छ र यसलाई सुरक्षित बनाउन आवश्यक रहेको वैज्ञानिकहरुको भनाइ छ । इइजी टेक्नोलोजीको हेडसेट प्रयोग गरी मानिसहरुले आफ्नो मस्तिष्कबाट रोबोटिक खेलौना तथा भिडियो गेम कन्ट्रोल गर्दछन् ।

बर्मिंघम युनिभर्सिटी अफ अलाबामाका शोधकर्ताहरुका अनुसार यदि कोही मानिस इइजी हेडसेट लगाएर इन्टरनेटमा गेम खेल्दछ र बीचमा गेम रोकेर कुनै बैंकिङ वेबसाइट वा अन्य अकाउन्टमा लगइन गर्दछ भने उसको पासवर्ड तथा अन्य महत्वपूर्ण डाटा ह्याक हुने खतरा हुन्छ ।

शोधकर्ताका अनुसार इइजी प्रविधिले मानिसहरुको जीवनमा राम्रो अवसर ल्याइरहेको भएपनि यसले सुरक्षा खतरा पनि बढाइरहेको छ ।

शोधकर्ताहरुले यस शोधका क्रममा १२ जना इइजी हेडसेड प्रयोगकर्तामा परीक्षण गरेका थिए । यो हेडसेटले पासवर्ड टाइप गरिरहेको बेलामा मानिसहरुको हात, आँखा, टाउकोको गति तथा भिजुअल प्रोसेसिङलाई क्याप्चर गर्दछ र त्यो डाटालाई ह्याकरले प्रयोग गर्न सक्दछन् ।

यसका लागि ह्याकरहरुले सफ्टवेयर डेभलपमेन्टमा प्रयोग भएको एल्गोरिदम प्याटर्नको प्रयोग गर्दछन् । यसको सहयोगले ह्याकरहरुले १० हजार प्याटर्नलाई २० सम्म सीमित गर्दछन्, जसबाट उनीहरुले सही पासवर्ड पत्ता लगाउन सहज हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?