Breaking News

विचित्र संसार: मृतक प्रेमीसँग बिहे गरेर अन्तिम बिदाइ गर्दाको दिन फोटोफिचर सहित

Feb Tue 2020 05:40:31

388 views

विचित्र संसार: मृतक प्रेमीसँग बिहे गरेर अन्तिम बिदाइ गर्दाको दिन फोटोफिचर सहित

एजेन्सी : थाईल्यान्डमा एक दु:खद घटना बाहिर आएको छ । एक युवतीले बिहेका लागि कुरो छिनिसकेका युवकसँग बिहे गरेर उनको अन्तिम बिदाइ गरेकी छन् । सायद बिहेको छिनोफानो भएर टिकाटालो पनि भइसकेका ती युवासँग उनको बिहे हुने कुरा कर्ममा लेखेको थिएन ।

टिकाटालो भइसकेको अवस्थामा आफ्ना भावी पतिको हृदयघातबाट निधन भएपछि दुनियाँलाई अचम्मित बनाउँदै ती युवतीले उनै युवासँग बिहे गरिन् । डेली मेलमा छापिएको समाचार अनुसार थाईल्यान्डको च्याचोङ्ग्सौ प्रान्तकी नान थिप्पारत आफ्ना मङ्गेतर फिएटको मृत्युको खबरले शोकमा डुबिन् । तर पनि उनले आफ्नो बिहे उनैसँग गरेर मात्रै आफंना मङ्गेतरलाई संसारबाट बिदाइ गर्ने निर्णय लिइन् ।

उनले आफ्ना मृत प्रेमी अर्थात मङ्गेतरसँगै बिहे गरिन् । यस क्रममा उनी बेहुलीको पोशाकमा सजिएकी थिइन् । थाईल्यान्डको रीति-रिजाव अनुसार उनले बिहेका सबै रीत पुरा गरेकी थिइन् । यस क्रममा उनका मृत मङ्गेतर फिएटको शरीर पनि बेहुलाको पोशाकले सजाइएको थियो । यस दु:खद बिहेको केही मानिसले तस्बिर पनि खिच्न भ्याए । त्यसपछि यी तस्बिरलाई सामाजिक सञ्जालमा हालियो । यो बिबाह समारोहमा नानका कयौं नातेदार पनि सहभागी थिए । ती मध्ये केही भावबिह्वल भएर रोइरहेका देखिन्थे । अनौठो कुरा त ज्यान गुमाएका फिएटको शरीरमा बिमारीको कुनै लक्षण पनि देखिएको थिएन । तर उनको अचानक हृदयघातबाट ज्यान गयो । बिहेको यो समारोह च्याचोङ्ग्सौ प्रान्तमा आयोजित गरिएको थियो । थाईल्यान्डमा यस किसिमको बिहेलाई कानुनी मान्यता दिइएको छैन ।

नानले आफ्ना मङ्गेतरको मृत शरीरसँग बिहे गरेपछि आफ्नो मनलाई शान्ति दिएको बताएकी छन् । उनले कुनै न कुनै अनन्त कालमा एक दोस्रोका साथ भेट हुने विश्वास लिएकी छन् । 'म उसलाई हृदयबाटै प्रेम गर्छु ।उसले मलाई छाडेर धेरै टाढा गयो, म कसरी सहन सक्छु?', उनले भनेकी छन्, 'बिहेका दिन मङ्गेतर धेरै राम्रा देखिएका थिए । मलाई थाहा छ, मैले यसो गरेकोमा उसलाई पनि खुसी लागेको छ ।'

-साभार : अन्नपूर्णपोष्ट डट कम बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?