Breaking News

नयाँ राजनीतिक तरंगले पुँजी बजारमा पहिरो, ४८ अंकसम्म ओर्लियो

Feb Tue 2020 05:40:44

481 views

नयाँ राजनीतिक तरंगले पुँजी बजारमा पहिरो, ४८ अंकसम्म ओर्लियो
काठमाडौं । सरकार निर्माणका लागि बनेको गठवन्धन टुटेपछि निस्किएको नयाँ राजनीतिक तरंगको प्रत्यक्ष प्रभाव पुँजी बजारमा परेको छ । सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको समाचार आउनासाथ बजार एकाएक ४८ अंकसम्मले घट्यो । यसमा आर्थिक कारण केही पनि थिएन ।
बजार खुल्ला साथ सूचकहरु बढ्ने क्रममा थिए । नेप्से परिसूचक ७ अंकले बढेको थियो । त्यही बेला माओवादीले सरकार छाड्ने निर्णय गरेको समाचार आउँदा एकाएक बजार ४८ अंकसम्मले घट्यो । त्यसबेला बजारमा किन्ने भन्दा बेच्चेहरु मात्रै थिए ।
बजार निकै ओर्लिएपछि नेपाल टेलिकमको सेयर मूल्य बढाएर केही समय सूचक थेग्ने प्रयास पनि भएको थियो । सबै कम्पनी घटेको समयमा टेलिकमको सेयर मूल्य तीन प्रतिसतले बढाइएको थियो । त्यस्तै मंगलबारबाट कारोबार सुरु भएको जलविद्यूत तथा विकास कम्पनी लिमिटेडले पनि बजार थेग्न मद्दत गर्यो । सगरमाथा इन्स्योेरेन्स, माछापुच्छ्रे, सिद्धार्थ र जनता बैंकको सेयर मूल्य करिब १० प्रतिसतले बढेको कारण बजारमा ठूलै पहिरो जानबाट रोकियो । बोटलर्स तराईको पनि मूल्य बढ्यो ।
कारोबारको मध्यतिर इन्स्योरेन्स कम्पनीका लगानीकर्ता निकै आत्तिए । यो समूहको सूचक ३७८ अंक सम्मले ओर्लिएको थियो । अधिकांस कम्पनीको सेयर मूल्य घट्दा यो समूहका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका थिए । बजार नौं अंकमा मात्रै घटेर रोकिँदा पनि सबैभन्दा धेरै बीमा समूहका लगानीकर्ताले नै गुमाए । यो समूहको सूचक ९७.२१ अंकले घटेको छ ।
बैंक, फाइनान्स, विकास बैंक, होटल र जलविद्यूत समूहको सूचक पनि ओर्लिएको छ । तिब्र गतिमा ओर्लिने क्रम रोकिए पनि बजार बन्द हुँदा ओर्लिने संकेत नै छाडेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने केही सुधार देखियो । दिनभरमा एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

- See more at: http://bizmandu.com/content/-19199.html#.V4WnPtl97IU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?