Breaking News

एनसेल ‘भ्यालेन्टाइन अफर’ रोजेको व्यक्तिसँग मस्त कुराकानी

Feb Wed 2020 02:40:57

1294 views

एनसेल ‘भ्यालेन्टाइन अफर’  रोजेको व्यक्तिसँग मस्त कुराकानी
एनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन सक्ने कम्पनी बताउँछ । यो भ्यालेनटाइन अफर भोलि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ग्राहकले एस्टि्रक्स् १७१०६ एस्टि्रक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?