Breaking News

फेसबुक 'डिजिटल गुण्डा 'भएपछि...

Feb Wed 2020 02:40:51

1017 views

फेसबुक 'डिजिटल गुण्डा 'भएपछि...

सोशल मिडियाहरुमाथि निगरानी राख्न आह्वान

एक ब्रिटिश सांसदले  एक रिपोर्ट जारी गर्दै फेसबुकमाथि ब्रिटेनमा जानबुझकर प्राइवेसी नियम तथा प्रतिस्पर्धा-विरोधी कानून (एन्टी कम्पिटिशन ल) को उल्लंघन गरेको आरोप लगाए । उनले सोशल मिडिया कम्पनीहरुमाथि ज्यादा निगरानी राख्न आह्वान समेत गरेका छन् । उनले फेसबुकलाई ‘डिजिटल गुण्डा’को आरोप समेत लगाए । सोशल मिडियामा ‘फर्जी खबर तथा भ्रामक जानकारीहरु’माथि यो रिपोर्ट १८ महिनाको जाँचपछि तयार पारिएको थियो । रिपोर्ट तयार गर्ने संसदीय समितिले भनेको छ कि सोशल मिडिया वेबसाइटहरुलाई अनिवार्य रूपले आचार संहिताको पालन गराउनु पर्दछ । हानिकारक या अवैध सामग्रीलाई सकेसम्म नियन्त्रित गर्नको लागि एक स्वतन्त्र रेगुलेटर (नियामक) मार्फत् यसको निगरानी गर्नु पर्ने समेत उनले आवश्यकता देखाए । फेसबुकलाई लिएर उनले आरोप लगाउँदै भने कि यो त साइटनै खास निर्णयहरु लुकाउनको लागि नै सहज हुनेगरी डिजाइन गरिएको छ । यो समेत उनले आरोप लगाए कि फेसबुकले जानबुझ आँकडाहरुको गोपनीयता र एन्टी कम्पिटिशन लको उल्लंघन गरेका छन् । संसदको मिडिया समितिले रिपोर्टमा फेसबुकका मुख्य कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गमाथि ब्रिटेनको संसदको अपमानको आरोप समेत लगाए । उनले भने कि जुकरबर्गलाई कैयौं पटक उनलाई समितिसामु पेश हुनको लागि भनिएको थियो । रिपोर्टमा भनिएको छ कि फेसबुक जस्ता कम्पनीहरुलाई अनलाइन दुनियाँमा ‘डिजिटल गुण्डा’ को जस्तो व्यवहार गर्नको लागि अनुमति दिनु हुँदैन । फेसबुकले आफूलाई कानून भन्दा अघि सम्झन्छ । यस अघि पनि धेरै देशहरुमा फेसबुकको बारेमा धेरै आलोचना भइरहेको थियो । यस अघि ६८ लाख फेसबुक प्रयोगकर्ताहरुको निजी तस्वीर चोरी भएको आरोप समेत लागेको छ । फेसबुकले स्वीकृति दिएका विभिन्न १२ एप्लिकेसनहरुले  त्यतिधेरै प्रयोगकर्ताले साझा नगरेको तस्वीर समेत चोरी गरेको हो । यो चोरीको आरोप स्वीकार गर्दै फेसबुकले माफी समेत मागेको छ । फेसबुकको एक बगका कारण प्रयोगकर्ताहरुको यस्तो फोटो पनि आफैं फेसबुकमा पोस्ट हुन्थ्यो कि जुन कहिलै पोस्ट भएको थिएन । यो बगका कारण थर्ड पार्टी एप्लिकेसनका कारण १२ दिनमा ६८ लाख प्रयोगकर्ताको अकाउन्ट प्रभावित भएको फेसबुकले स्वीकारेको हो। फेसबुकको यो बगले करिब १५ सय एप्लिकेसनहरुलार्इ १२ दिनको लागि (२५ सेप्टेम्बरसम्म) प्रयोगकर्ताको निजी तस्वीरसम्म पुग्ने अधिकार दिएको थियो । न्यूयोर्क टाईम्सको एक रिपोर्टले जुकरवर्गका कारण पछिल्लो समय फेसबुकप्रति आम मानिसको लोकप्रियता घट्न थालेको उल्लेख गरेको छ । रिपोर्टमा लेखेको छ कि फेसबुक अहिले प्रयोगकर्ताहरुको आलोचनालाई दबाउन खोज्दा यसका प्रयोगकर्ताहरु फेसबुकप्रति आलोचक बन्दै यसको प्रतिस्पर्धी कम्पनी तिर जान लागेका छन् । यसमा जुकरवर्गको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?