Breaking News

आइस्पानको नयाँ समितलाई क्यान महासंघको बधाई तथा सम्मान

Feb Tue 2020 05:40:48

348 views

आइस्पानको नयाँ समितलाई क्यान महासंघको बधाई तथा सम्मान

क्यान महासंघको कार्यालय खुसिबुमा आयोजित कार्यक्रममा इन्टरनेट सेवाप्रदायक संघ -आइस्पान मा नयाँ निर्वाचित समितलाई क्यानले सम्मान गरेको छ । सम्मानित हुनेमा इन्टरनेट सेवाप्रदायक संघमा निर्वाचित हुने अध्यक्ष सुमनलाल प्रधान, उपाध्यक्ष दिलीप अग्रवाल, महासचिव मधु अमात्य, कोषध्यक्ष निरोज खरेल लगायतका छन् । त्यसैगरी सदस्यहरु भोजराज भट्ट, सुधिर पराजुलीलाई पनि सम्मान गरेको छ ।

त्यस्तै हालसालै इन्टरनेट सोसाइटीको सल्लाहकार बोर्डमा एसिया प्यासिफिक रिजनबाट निर्वाचित भएका बाबुराम अर्याल र कम्प्युटर एप्लिकशेनमा विद्यावारिधी गरेका पवनकुमार शर्मालाई पनि क्यानले सम्मान गरेको थियो । महासंघका अध्यक्ष विनोद ढकालले कदरपत्र र दोसल्लासहित सम्मान गरे ।

सम्मान ग्रहणपछि बोल्दै आइस्पानको अध्यक्ष सुमनलाल प्रधानले इन्टरनेट विकास बिना सूचना प्रविधि उद्योग अपूर्ण हुने बताउँदै क्यानसँग विगतमा जस्तै आगामी दिनमा पनि सहकार्य गर्ने बताए । क्यान महासंघका अध्यक्ष विनोद ढकालले आफूहरुले आइसिटी क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने परिपाटी सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?