Breaking News

"प्रहरी मेरो साथी" कार्यक्रम देशव्यापी रुपमा शुभारम्भ

Feb Tue 2020 05:40:42

285 views

"प्रहरी मेरो साथी" कार्यक्रम देशव्यापी रुपमा शुभारम्भ

काठमाडौं, समाजमा प्रहरी मेरो साथी हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपाल प्रहरीको छवि अभिवृद्धि गर्ने उद्देश्य सहित “प्रहरी मेरो साथी” कार्यक्रमको प्रमुख अतिथी गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लब भृकुटी मण्डपमा उद्घाटन गर्नुभयो ।

police my friendप्रहरी मेरो साथी संकेत चिन्हको अनावरण र कार्यक्रमको समुदघाटन गर्दै गृहमन्त्री बस्नेतले कार्यक्रमले प्रहरी संगठनको छवी, प्रतिष्ठा र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग गर्दै समाजको सकारात्मक परिवर्तनमा टेवा पु-याउने बताउनुभयो ।

गृहमन्त्री बस्नेतले प्रहरी र जनताबीच मजबुत सम्बन्ध अहिलेको आवश्यकता भएको बताउदै जनता र प्रहरीको सम्बन्धलाई थप मजबुत र विश्वासिलो बनाउन कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

सोही अवसरमा गृहमन्त्री शक्तीबहादुर बस्नेतले असार १८ गते धादिङको ‘रि’ गाविसको चेप्राङ गाउँमा पहिरो गइरहेको अवस्थामा बिकट भूगोलको बाबजुद पनि पहिरोमा फसेका १४ जनालाई सकुशल उद्धार गर्ने प्रहरी हवल्दार रुद्र बहादुर कुमाल र प्रहरी जवान संदिप कुमाललाई उनीहरुले गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनताको अपेक्षा र प्रहरीले प्रदान गरिरहेको सेवाको बीचमा देखा परिरहेको अन्तर हटाउन यो कार्यक्रम सहायक हुने बताउनुभयो । उहाँले सामुदायिक प्रहरी सेवा २०३९ सालदेखि शुरु भएता पनि यसलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन प्रहरी मेरो साथी कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अबको प्रहरी व्यक्तिले भन्दा पनि कानूनको निर्देशन र विधिबाट संचालित हुनुपर्ने बताउनुभयो ।

संस्कृतिविद् सत्य मोहन जोशीले आफनो मन्तव्य व्यक्त गर्ने क्रममा प्रहरी मेरो साथी कार्यक्रमलाई सफल पार्न विद्यालयको पाठ्यक्रममा यस सम्बन्धी कथा, कविता र नाटक समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरी मेरो मात्र साथी नभई हामी सबैको साथी भएको र यस अवधारणाले राष्ट्र उत्थानका निम्ति ठूलो योगदान हुने समेत बताउनुभयो ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै " प्रहरी मेरो साथी" आजदेखि देशभर शुरुवात गरिएको जानकारी गराउनुभयो ।home minister shakti basnet

प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीका सवै कार्यक्रमहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणमा आवद्ध गर्नु, शान्ति सुरक्षा कायम गर्नमा नागरिकको भूमिका जस्ता समसामयिक बिषयहरुमा प्रशिक्षण तथा चेतनामूलक कार्यक्रमहरुको माध्ययमबाट अपराध न्यूनीकरण गर्नु, देशभरी प्रहरीका साथीहरुको सञ्जाल बनाई आवश्यक सम्पर्क र सहकार्य गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा गृहसचिव, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, नागरिक समाज, संचारकर्मीहरु, कलाकार, विद्यार्थी, लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

“प्रहरी मेरो साथी” कार्यक्रम देशका सवै जिल्ला प्रहरी कार्यालयहरुमा विभिन्न कार्यक्रम एवं चेतनामूलक र्‍यालीको आयोजना गरी संचालन गरिएको छ । कार्यक्रमको अवसरमा आयोजित विभिन्न प्रतियोगितमा बिजयी भएका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र समेत बितरण गर्नुभएको थियो ।

Source: Nepal Police (Facebook Page)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?