Breaking News

चिरञ्जिवी अधिकारीको अध्यक्षतामा इन्फोसेक नेपालको नयाँ कार्यासमिति चयन

Feb Tue 2020 05:40:31

366 views

चिरञ्जिवी अधिकारीको अध्यक्षतामा इन्फोसेक नेपालको नयाँ कार्यासमिति चयन

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) को पहिलो वार्षिकसाधारणले यसअघिको तदर्थ समिति भंग गर्दै नयाँ निर्वाचित कार्यसमिति बनाएको छ । चिरञ्जिवी अधिकारीको अध्यक्षतामा बनेको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कुमार पुडासैनी, महासचिव ध्रुवराज शर्मा फूयाल, सचिव सोविता दाहाल र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिव्यतारा शाक्य, भरतराज उप्रेती, नारायण क्षेत्री, भरतराज रिजाल, निरञ्जन खकुरेल, डा. प्रमोद पराजुली, निरञ्जन पटेल, कुमार पौडेल, सुरेश भण्डारी, राजन दाहाल,  शिव बस्नेत र अर्जुन अधिकारी रहेका छन् । साधारणसभाले संस्थाका भावी योजना सार्वजनिक गर्दै साइबर सुरक्षामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

साइवर थ्रेट र सुरक्षा बारेको जनचेतना आमजनस्तरमा पुर्याउन सबैको हातेमालो आवश्यक

नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम –  INFOSEC Nepal  नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै बैकिङ, फाइननान्स र मल्टिनेशनल कम्पनीहरुमा साइवर थ्रेट पनि बढेकोले आम नागरिकमाझ साइवर सुरक्षाको सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?