तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ ।
यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no pwnage found लेखेको सूचना पाउनुहुन्छ । यदि तपाईंको डाटाबेस पनि ह्याक भएको भए Oh no — pwned भन्ने देखिनेछ ।
यदि तपाईंले आफ्नो इमेल डाटाबेस ह्याक भएको थाहा पाउनुभयो भने आफ्नो पासवर्ड तथा अन्य विवरणहरु तत्कालै अपडेट गर्नुहोस् ।