Breaking News

छोराको ज्यान जोगाउन पाए श्रीमान श्रीमति नै वेचिन तयार रहेका बस्नेत भन्छन‘, कहाँबाट ल्याँउ ६८ लाख’ छोराको उपचारखर्च

Feb Tue 2020 05:40:15

539 views

छोराको ज्यान जोगाउन पाए श्रीमान श्रीमति नै वेचिन तयार रहेका बस्नेत भन्छन‘, कहाँबाट ल्याँउ ६८ लाख’ छोराको उपचारखर्च

रुपन्देही रेसुङ्गा नगरपालिका–११ सिमीचौर गाउँका विनबहादुर बस्नेतका ८ वर्षिय छोरा अमित बस्नेतलाई एल्पाष्टिक एनियमिया नामक रोगले ग्रसित बनाएको छ । शरिरलाई आवश्यक रक्त उत्पादन नहुने र अरुबाट चढाईएको रगत समेत एकैछिनमा निष्कृय हुने समस्या बढुदै गएको छ ।

यो रोगको उपचारमा निकै खर्च लाग्ने भएका कारण उनले सहयोगको याचना समेत गरेका छन् । हाल रेसुङ्गा अस्पताल एण्ड रिशर्च सेन्टर तम्घासमा उनको उपचार भइरहेको छ । यो रोगको काठमा शिक्षण अस्पतालमा सहजै उपचार हुृने भएपनि आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि सहयोगको याचना गरेका हुन् । बिरामीका बाबु विनबहादुर बस्नेतले छोराको उपचारका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने बताउँछन् । यत्रो रकम लाग्ने डाक्टरले बताएका छन उनले भने‘मेरो सवै घर सम्पत्ती बेचे पनि सम्भव छैन, हामी श्रीमान श्रीमति वेचिएरै भएपनि बचाउन चाहन्छौ ।’

तत्कालका लागि ८ लाख रुपैयाँ चाहिने भएकोले जिल्ला प्रशासन र रेसुङ्गा नगरपालिका कार्यालयको सहयोगको अपिल सम्वन्धी सिफारिस पत्र लिएर सडकमा सहयोगको हात फैलाउँदै हिडेका वस्नेत दम्पत्ती छोरा बचाउनका लागि आफुहरुको आँखा वा मुटु बेच्न पनि तयार भएको बताउछन् ।

भारतमा होटल मजदुरी गर्ने वस्नेत दम्पत्तीले छोराको जिवन रक्षाका लागि देश विदेशमा रहेका सवै नेपालीका साथै सहयोगी संघ संस्थाले सहयोग गर्न चाहेमा ९८७२६२५५९ मा सम्र्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?