Breaking News

जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा गिरी

Feb Wed 2020 02:40:47

834 views

जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा गिरी

नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा सर्वसम्मतिबाट कृष्ण गिरी निर्वाचित भएका छन्।

शनिवार भएको अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशन केही दिन अघि हुने भनिएता पनि कोइरालाको निधनले १३ दिनपछि  गरिएको हो। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको निर्देशन अनुसार सम्पन्न अधिवेशनमा सबै पदहरु निर्विरोध भएका छन्। शनिबार दिनभर भएको छलफलपछि सबै पदमा मिलेर जाने सहमति भएको निर्वाचन तयारी समितिका संयोजक प्रेम सापकोटाले बताए।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेस गुरुङ, उपाध्यक्षमा मधुकर गुरुङ, महामन्त्रीमा किरण बराल तथा कोषाध्यक्षमा रामजी बस्नेत र सहमहामन्त्री सुदिप मुडवरी चुनिएका छन्। कार्यसमितिका पब्लिक अफिसरमा पूर्णनाथ घिमिरे अन्य सदस्यहरुमा श्रवण भट्टरार्इ, सुमन बोहरा, राजेश केसी, गोकुल घिमिरे, थानु शाक्य, टेकनाथ सापकोटा र रजनी केसी खड्का र शरण भट्टरार्इ रहेका छन्। साधारणसभाले समितिको संरक्षकमा प्रेम सापकोटालाई मनोनयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरुलाई सिड्नीका नेपाली समाजका अगुवाहरु केशव सापकोटा, निरज श्रेष्ठ, भुमा लिम्बु, बुद्धी डल्लाकोटी,बिवेक थापा, जानकी पौडेल लगायतले बधाइ ज्ञापन गरेका थिए।

यस्तै महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिमा प्रेम सापकोटा, कृष्ण गिरी, रमेश जोशी, दिनेश जोशी, सुरेस गुरुङ लगायत सात जना रहेका छन्। निर्वाचनका लागि केन्द्रवाट खटाइएका सुदर्शन थापा मगरले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने निर्वाचन समितिका संयोजक प्रेम सापकोटाले सपथ खुवाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?