Breaking News

दक्षिणकालीमा ‘ साँच्चै देखिए नागराज’ हेर्नेको भीड - भिडियोसहित

Feb Wed 2020 02:40:29

527 views

दक्षिणकालीमा ‘ साँच्चै देखिए नागराज’ हेर्नेको भीड - भिडियोसहित

काठमाडौं–राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो । स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।’

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । ‘पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं’ पञ्च बहादुर लामाले भने, ‘पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।’katuwal daha snake (1)katuwal daha snake (2)

करिब तीन महिनादेखि निस्कन थालेको नागलाई स्थानीयले ‘नागराजा’ नामाकरण गरेका छन् । हरेक बिहान करिब नौ बजे निस्कने नागको ‘रुटिन’ छ । स्थानीय भने त्यसअघि नै कटुवाल दहमा जम्मा भैसक्छन् । ‘नौ बजिसक्यो आज किन निस्केन ?’ शनिबार स्थानीय एक महिलाले यस्तो प्रश्न गरिन् । रातोपाटी टीम रिर्पोटिङका लागि त्यहाँ पुगेको थियो । ती महिलाको प्रश्न उठेको केही वेरमै प्लावबाट निस्कियो । ती महिलाले नागलाई हात जोडेर भनिन्, ‘नागराजा हाम्रो रक्षा गरिदिनस् ।’katuwal daha snake (10) नाग निस्कने कुर नजिकै स्थानीयले तामाको दुईओटा भाँडामा जल राखिदिएका छन् । ‘अहिलेसम्म चार पटक जल खाएको छ’ कटुवाल दह क्षेत्र सुधार समितिका कोषाध्यक्ष पञ्च बहादुर लामाले भने, ‘एकदिन बिहानै कसले दुध ल्याएर राखेको रहेछ, त्यो चाहीँ खाएन् ।’katuwal daha snake (3)

एक दिनमा बढिमा चार पटक सम्म निस्कने गरेको नाग हरेक दिन कम्तीमा दुई पटक निस्कने गरेको छ । ‘कहिलेकाँही एक दिन मात्रै पनि निस्कने गरेको छ’ लामा भन्छन्, ‘यसरी अचानक नाग निस्कनुमा केही रहस्य हुनुपर्छ, हामी पनि अनुसन्धानमै छौं ।’katuwal daha snake (4)

कटुवाल दहको ईतिहाँस रातो मछिन्द्रनाथ सँग पनि जोडिएको छ । कटुवाल दहबाटै हरेक बर्ष मछिन्द्रनाथको घडा लैजाने गरेको स्थानीयले बताए । कटुवाल दह नकिजै चक्रतीर्थ दह अवस्थित छ, जुन कुरा ब्रह्म पुराणमा उल्लेख भएको बताइन्छ ।

यसअघी पनि हरेक बर्ष बैशाख १ गते कटुवाल दहमा मेला लाग्ने गरेको थियो । बैशाख १ गते कटुवाल दहमा स्नान गरेमा एक सय गाई दान गरे बराबर पुण्य पाईने धार्मिक विश्वास रहँदै आएको छ ।

katuwal daha snake (4)त्यस्तै नाग निस्केको ठाउँ नजिकै रहेको घ्याम्पादेवीको मन्दिरमा नेपालका राज परिवारले पंचबली दिने गरेको स्थानीयले बताए । स्थानीय रामकुमार तामाङले भने, ‘राज परिवार आफैं यहाँ नआएपनि बैशाख अष्ठमीको दिन गुठी मार्फत पंचबली पठाउँछन् ।’katuwal daha snake (8)

हेर्नेको घुँईचो, स्थानीयले ब्यापार थाले नाग हेर्न जानेको भीड बढ्न थालेको छ । ‘पहिले थोरै हुन्थे’ पञ्च बहादुरले भने, ‘अहिले दैनिक पाँच सय देखि एक हजार मान्छेले नागको अवलोकन गर्छन ।’ यसरी मान्छेको भीड बढेसँगै कटुवाल दहका स्थानीयले त्रिपाल टाँगेर ब्यापार शुरु गरेका छन् । बिहानै देखि चिया, चना र चाउचाउ बिस्कुटको ब्यापार गर्दा केही कमाई हुन थालेको ब्यापारीले बताए । katuwal daja त्यस्तै नागको संरक्षणको लागि बनेको समितिले नागको दर्शनका लागि पुग्नेहरुलाई त्यसबारे जानकारी गराउने गरेका छन् । त्यस्तै नाग निस्कने कुर वारपार बारेर सुुरक्षा घेरा बनाईएको छ । नागको शुरक्षाको लागि राती एघार/बाह्र बजेसम्म बस्ने गरेको पञ्च बहादुर लामाले जानकारी दिए ।

News Source: Ratopati.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?