Breaking News

मोबाइल प्रयोगकर्तालाई अपरेटर परिवर्तन गर्न मिल्ने सुविधा

Feb Wed 2020 02:40:21

447 views

मोबाइल  प्रयोगकर्तालाई अपरेटर परिवर्तन गर्न मिल्ने सुविधा

‘कुनै मोबाइल अपरेटरको सेवामा चित्त नबुझेमा प्रयोगकर्ताले अफूलाई

मन परेको अपरेटर रोज्न सक्ने सेवा नेपालमा पनि चाँडै नै  प्राधिकरणले ल्याउने तयारी गरिरहेको छ।

‘अब कुनै मोबाइल अपरेटरको सेवामा चित्त नबुझेमा प्रयोगकर्ताले अफूलाई मन परेको अपरेटर रोज्न सक्नेछन्। अपरेटर परिवर्तन गरे पनि प्रयोगकर्ताले पुरानै नम्बर प्रयोग गर्न सक्नेछन् । अपरेटर परिवर्तन गर्दा प्रयोगकर्ताको मोबाइल नम्बर परिवर्तन नहुने प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले बताए । एमएनपी सेवा सञ्चालन गर्न ‘जीएसएम टू जीएसएम’ मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। नेपालमा सञ्चालनमा रहेका ६ वटा मोबाइल अपरेटरमध्ये नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मात्र मापदण्ड पूरा गरेको प्राधिकरणले जनाएको छ। विश्वका विकसित मुलुकमा सन् १९९९ देखि नै एमएनपी सेवा सुरु भएको थियो। सबैभन्दा पहिले हङकङमा यो सेवा सुरु भएको थियो। त्यसको करिब एक महिनापछि नेदरल्याण्डमा पनि यो सेवा सुरु भएको थियो। त्यस्तै दक्षिण एसियाली मुलुक पाकिस्तानमा सन् २००७, मालदिभ्समा सन् २०१६ र भारतमा सन् २०११ देखि यो सेवा सुरु भइसकेको छ। विश्वका धेरै मुलुकमा एमएनपी सेवा निःशुल्क छ भने कहीँ यसको केही शुल्क तिर्नु पर्ने प्रावधान छ। परामर्शदाताका रुपमा प्राधिकरणले चारवटा विदेशी कम्पनीलाई सर्ट लिस्ट गरेको छ। यसका लागि करिब चार माहिना अघि बोलपत्र आह्वान गरिएको थियो। नेपालभित्रका परामर्शदाताले प्रधिकरणले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि बोलपत्र आह्वान गरिएको हो। अन्तिम छनोटका लागि चारवटा विदेशी कम्पनीलाई सर्ट लिस्ट गरिएको र उक्तमध्ये पनि एकलाई परामर्शदाताको रुपमा चयन गरिने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?