ललितपुरमा आइटी सर्ट नेपालले इन्टरनेट सेक्युरिटीको थ्रिएट र चुनौती विषयमा आइएसपीहरुसग छलफल कार्यक्रम सम्पन्न गरेको छ । सूचना प्रविधि सूरक्षण आकस्मिक पहूच समुह, नेपाल आइटी सर्ट ले इन्टरनेट क्षेत्रमा भइरहेका थ्रेट्स र यसका समाधानको बारेमा सरोकारवाला आइएसपीहको सहभागिता रहेको कार्यक्रममा इन्टरनेट प्रयोगकर्ताबाट आउन सक्ने थ्रेट, स्पाम अन्य चुनौतीहरुको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा वल्र्डलिंक, सुबिसु, क्लासिक टेक, भायनेट, हन्स लगायतका आइएसपीहरुबाट प्राविधिक रुपमा काम गर्ने सिस्टम इन्जिनियरहरुको सहभागिता रहेको थियो ।
आइटी सर्टका तर्फबाट अध्यक्ष राजनराज पन्तले नेपालमा आइरहेको इन्टरनेट थ्रेट, क्राइमहरुका बारेमा जानकारी लिएर यसको समाधानको लागि अन्तराष्ट्रिय सस्थाहरुसग समन्वय गरि कार्यक्रमहरु ल्याइने बताए