Breaking News

सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा

Feb Tue 2020 05:40:11

605 views

सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि पार्दै अमेजन कम्पनीका प्रमुख जेफ बेजोस टप फाइभमा परेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स शक्तिशाली व्यक्तिको सूचिमा सातौँ स्थानमा छन् । त्यस्तै, गुगलका सिइओ ल्यारी पेज दशौँ स्थानमा रहेका छन् । अर्थात् विश्वका सर्वाधिक १० शक्तिशाली व्यक्तिमध्ये तिनजना प्रविधि क्षेत्रका रहेका छन् । फोब्र्सको सर्वाधिक शक्तिशाली व्यक्तिहरुको सूचिमा फेसबुकका सिइओ मार्क जुकरबर्ग १३ औँ स्थानमा परेका छन् । चिनिया कम्पनी अलिबाबा ग्रुपका प्रमुख ज्याक मा विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको २१ औँ स्थानमा रहेका छन् । उता एप्पल कम्पनीका सिइओ टिम कुक २४ औँ स्थानमा रहेका छन् । टेस्लाका एलन मस्क २५ औँ, टोयोटा मोटर्सका आकियो टोयोडा २९ औँ, भारतको रिलायन्स कम्पनीका मुकेस अम्बानी ३२ औँ स्थानमा रहेका छन् । त्यस्तै गुगलको मातृ कम्पनी अल्फाबेटका प्रमुख सर्गेय ब्रिन ३५ औँ स्थानमा रहेका छन् भने माइक्रोसफ्टका सिइओ सत्या नादेला ४० औँ तथा डेल कम्पनीका माइकल डेल ५९ औँ स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?