Breaking News

पर्यटकीय गन्तव्यको प्रबद्र्धनका साथ इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसनको गठन

Feb Tue 2020 05:40:24

316 views

पर्यटकीय गन्तव्यको प्रबद्र्धनका साथ इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसनको गठन
नेपाल र भारतका पर्यटकीय गन्तव्यको प्रचार प्रसार, प्रबद्र्धन र लुकेर रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक,संस्कृतिक महत्वका पर्यटकीय गन्तव्यलाई उजागर गराउने उदेश्यले इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसन(आइएनटीजेए)को गठन गरिएको छ । नेपाल र भारतका पत्रकारहरुबीच पूर्वी नेपालको इलाम बजारमा आयोजित एक अन्तक्रियापश्चात् एसोसियसनको गठन गरिएको हो ।
एसोसियसनमा भारतका तर्फबाट सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य संयोजक छन् भने नेपालका तर्फबाट कान्तिपुर पब्लिकेसन एवं पर्यटन पत्रकार संघ (जाट–नेपाल) का द्धित्तिय उपाध्यक्ष शेखर अधिकारी उपसंयोजक छन् ।
संयोजक र उपसंयोजक सहित अन्य १३ जना पत्रकारहरु एसोसियसनका संस्थापक सदस्य रहेका छन् । नेपालका तर्फबाट पर्यटन पत्रकार संघ (जाट–नेपाल) सचिव हरिशरण न्यौपाने, नेपाल टेलिभिजनका सोम शर्मा बजगाई, राससका बिद्रोही गिरी, अर्थतन्त्र डटकमका रामेश्वर कार्की, हिमालयन टेलिभिजनका हिमाल दाहाल संस्थापक सदस्य रहेका छन् । त्यस्तै भारतको सिलगुढी, ग्यान्टोक, कलकत्ताका कार्यरत पत्रकारहरु अजय राय, आनन्द बनर्जी, मधेब घोष, जयश्री भट्टचार्य, नेताई मालाकार, प्रलय बानिक, प्रसुन बानिक, पोषणदेव मल्लिक सदस्य रहेका छन् ।
एसोसियसनको भारतमा आयोजना हुने अर्काे बैठकले आवश्यक रणनीतिक योजना सहित कार्यक्रमहरुको खाका तयार पार्ने बताईएको छ । बैठकबारे आवश्यक मिति, स्थान तथा योजना तयार गर्न संयोजक आचार्य र उपसंयोजक अधिकारीलाई जिम्मेवारी दिईएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुमन घिमिरे, पर्यटन व्यवसायीहरु कृष्णहरि खत्री, अञ्जानकुमार थापा, टानका सदस्य संगम शेर्पा, मेची पहाडी पर्यटन क्षेत्र प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्का, समितिका कार्यकारी निर्देशक केशवकुमार धौराली समितिका कर्मचारीहरु समिक्षा चौलागाई, सन्देश लामिछाने लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
आगामि बैठकपछि छिमेकी दुई देशका सबैखाले संचार माध्यममा कार्यरत पत्रकारहरुले स्थानीय सर्वसाधारण, पर्यटन व्यवसायी, होटल व्यवसायी, होमस्टे संचालकहरु, सरकारी निकायका प्रतिनिधिलाई पर्यटनको विकासबारे आवश्यक राय सहित विभिन्न प्रबद्र्धनात्मक क्रियाकलापमा सहयोग पुर्याउने कार्ययोजना अगाडि बढाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?