Breaking News

नेपालमा साइवर अपराध र बैकिङ क्षेत्रको सुरक्षा अबस्था बारे

Feb Tue 2020 05:40:43

637 views

नेपालमा साइवर अपराध र बैकिङ क्षेत्रको सुरक्षा अबस्था बारे
-भरतराज उप्रेती पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको स्वीफ्ट ह्याकिङ घटनाले अब नेपालको बित्तिय तथा बैकिङ क्षेत्र साइवर आक्रमणको निशानामा रहेको पुष्टि गरेको छ । यसरी नेपाल साइवर थ्रेटको उच्च जोखिममा रहेको बेला बेलैमा जोखिम बहन गर्न सक्ने प्राविधिक प्रणालीको विकास गर्न आवश्यक छ । यस कुरालाई मनन गरेर नेपालको साइवर सुरक्षा क्षेत्रमा काम गर्दै आएको संस्था इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम (इन्फोसेक) नेपालले साइवर अपराध र नेपालको बैकिङ क्षेत्रमा बढेको साइवर सुरक्षा विषयलाई सरोकारवालासम्म पुर्याउने वहसको रुपमा पहिलो कार्यक्रम सञ्चालन गर्न लागेको छ । साथै साइवर सुरक्षाको गहन विषयको उठान मात्र नगरी तत्काल जोखिम बहनका लागि कसरी अग्रसरता लिने भन्ने कुरालाई समेत विज्ञहरुको साथमा छलफल गराउने कार्यक्रमको रुपमा १८ नोभेम्बर २०१७ अर्थात २०७४ मंसीर २ गते तपशील बमोजिम कार्यक्रम सञ्चालन गर्ने इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए । कार्यक्रममा नेपालको बैकिङ क्षेत्र साइवर थ्रेटको अवस्था बारेमा  ३ जना विज्ञहरुले  रिपोर्ट प्रस्तुत गर्ने छन् ।
  • किन कम्प्यान्स पर्याप्त छैन भन्ने विषयमा डा. प्रमोद पराजुली
  • यसकारण नेपालमा बाणिज्य बैंकहरु साइवर थ्रेटको उच्च जोखिममा छन् भन्ने बारे इन्फोसेकका चिरञ्जिवी अधिकारी
  • साइवर अपराध र नेपालको बैकिङ क्षेत्र बारे श्रीदीप रायमाझी
कार्यक्रम २ बजेदेखि ५ बजेसम्म सञलन हुनेछ । कार्यक्रम मध्य बानेश्वर पिपलबोटसँगै डायनिङ पार्क रेष्टुरेण्टमा २ बजेदेखि ५ बजेसम्म सञलन हुनेछ । कार्यक्रमा सहभागीताका लागि इन्फोसेकका सदस्यलाई रु १ हजार र अन्यलाई रु २ हजार प्रवेश शुल्क लाग्ने इन्फोसेक नेपालले जनाएको छ । इन्टरनेटको प्रयोगसँगै सामाजिक सञ्जाललमा अभ्यस्त बन्दै गएको नेपालीहरुको दैनिकीप्रति साइवर अपराधका बिभिन्न घटनाहरुले चुनौती थपिदिएको छ । अपराधीहरुले प्रविधिको दुरुपयोग गर्दै आफ्नो अपराधको यात्रालाई बदलिरहेका छन् । इन्टरनेटमार्फत सामाजिक सञ्जालहरुको प्रयोग मोबाइलबाटै चलाउने सकिने प्रविधिको विकासले मानिसहरु साइवर अपराधीको निशानामा परिरहेका छन् । सूचना चेतना र ज्ञानको कमीले भर्खर सामाजिक सञ्जालको प्रयोग गर्नेहरु साइवर अपराधमा फस्ने गरेका छन् । यतिसम्म की साइवर अपराधीहरु साइवर अपराध गरेर त्यसको प्रमाण प्रयोगकर्तालाई नै बनाइरहेका घटनाहरु पनि दिन प्रतिदिन बढ्दै गएका छन् । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताभन्दा बैकिङ क्षेत्र स्मार्ट ह्याकरहरुको निशानामा परेको छ । केही हप्ता अघि एनआइसी बैंकको करोडौं रुपैया स्वीफ्ट ह्याकिङमार्फत चोरी भयो । ४० करोड भन्दा बढी पैसा अन्तराष्टिय ह्याकरहरुले ह्याकिङ गरी चोरी गर्न सफल भए । तर पछि ३० करोडभन्दा बढी रुपैंया नेपाल राष्ट बैकको पहलमा फिर्ता भएको थियो ।

नेपालमा पछिल्लो साइवर थ्रेटप्रति इन्फोसेक नेपालको ध्यानाकर्षण

दक्ष जनशक्तिको टीम, पर्याप्त मात्रामा लगानीका साथै सस्तोमा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेटको जोखिमलाई बढाएको विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?