Breaking News

शुदर्सन सुबेदीलाई, हार्दिक बधाई तथा कार्यकालको शुभकामना !!

Feb Tue 2020 05:40:54

460 views

शुदर्सन सुबेदीलाई, हार्दिक बधाई तथा कार्यकालको शुभकामना !!
शर्मिला विश्रवकर्मा/काठमाण्डौं
१० अप्रिल २०१६ मा भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तराष्ट्रिय अपांग जन परिषद एशिया प्यासिफिकको नबौ अन्तराष्ट्रिय सम्मेलनबाट अपांगता भएका ब्यक्तिहरुको बिश्व परिषद (डिपिआई) को विश्व कार्यसमिति सदस्यमा आगामी ४ बर्षको लागि राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुबेदी निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
अन्तराष्ट्रिय स्तरमा नेपालको तर्फबाट भएको यो महत्वपुर्ण प्रतिनिधित्वले नेपालका ३० लाख भन्दा बढी अपांगता भएका ब्यक्तिहरुको आत्मसम्मान उच्च भएको महशुस गरिएको छ । अपांगताको क्षेत्रमा नेपालको तर्फबाट हालसम्मकै सुदर्शन सुवेदीको उच्च तथा महत्वपूर्ण पदको यो उपस्थितिले आगामी दिनमा नेपालका अपांगता भएका व्यक्तिहरूको हक अधिकार प्राप्तीको लागि कोशेढुंगा हुने महषुश गरिएको छ । बिश्व परिषद सदस्यमा निर्बाचित गर्न सहयोग गर्नु हुने भारत, बंगालादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स र अफगानिस्थान लगायतका अन्तराष्टिय अपांग जन परिषद सदस्य दक्षिण एशिया प्यासिफिक स्तरको उक्त सम्मेलनमा भाग लिन आउनु भएका सम्पुर्ण देशका प्रतिनिधिहरु धन्यबादका पात्र हुनु भएको छ । उहाँको सफल कार्यकालको शुभकामना ।asia

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?