Breaking News

अब भिडियोलाई नै फेसबुकको प्रोफाइल बनाउन सकिने

Feb Tue 2020 05:40:45

763 views

अब भिडियोलाई नै फेसबुकको प्रोफाइल बनाउन सकिने
facebook-video-profile-gif-e प्रयोगकर्ताका लागि नयाँ फिचर थप गरेको छ । फेसबुकको यो नयाँ फिचर अनुसार अब भिडियोलाई नै आफ्नो प्रोफाइल पिक्चर समेत बनाउन सकिनेछ । फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि प्रोफाइलको रि डिजाइन गरेको हो । जस अनुसार ७ सेकेण्ड लामो भिडियो तथा आफ्नो एनिमेटेड तस्वीरलाई समेत प्रोफाइल पिक्चर बनाउन सकिनेछ । त्यसका साथै फेसबुकले अस्थायी प्रोफाइल पिक्चरको फिचर पनि थप गरेको छ । जस अनुसार प्रयोगकर्ताले निश्चित समयसम्मका लागि आफ्नो कुनै तस्वीर वा भिडियोलाई अस्थायी प्रोफाइल पिक्चर बनाउन सक्नेछन् जुन उक्त समयपछि आफै हट्नेछ र पूरानै प्रोफाइल पिक्चर देखिनेछ । यो फिचर खासगरी फेसबुक प्रयोगकर्तालाई आफ्नो जन्मदिन तथा विदाको दिन फेसबुक मार्फत मनाउन उपयोगी हुनेछ । त्यसका साथै अब प्रोफाइल पिक्चरको माथि पट्टि आफ्नो बारेमा वा आफुले चाहेको केही कुरा लेख्न सकिने समेत भएको छ । यसरी प्रोफाइल पिक्चरको माथिपट्टि नै आफ्नो संक्षिप्त परिचय लेखिएमा मानिसहरुलाई कुनै व्यक्तिको बारेमा बुझ्नका लागि प्रोफाइलको अबाउट अप्सनमा क्लिक गरिरहनुपर्ने छैन । यसका लागि फेसबुकले प्रोफाइलमा बायो फिल्ड थप गरेको छ । साथै फेसबुकले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि मोबाइलकेन्द्रित डिजाइनका साथ प्रोफाइल तस्वीरलाई ठूलो आकारमा बीचमै देखिने बनाउनुका साथै फोटो तथा फेसबुके साथीको सूचिका लागि ठूलो ठाउँ छुट्टाएको छ । प्रोफाइल पिक्चरमा भिडियो अपलोड गर्नका लागि प्रोफाइल पिक्चरमा रहेको रेकर्ड बटन थिचेर ७ सेकेण्ड सम्मको आफ्नो भिडियो खिच्नुपर्नेछ । यो भिडियो क्लिक नगरिएसम्म आवाज विना नै अटोप्ले भैरहेको हुनेछ । फेसबुकले सुरु गरेको अर्को नयाँ फिचर हो, फिचर्ड फोटो । जस अनुसार तपाइँले आफ्नो फेसबुकमा रहेका मध्ये पाँच वटा तस्वीरहरु छान्न सक्नुहुनेछ जुन तपाइँको प्रोफाइलको सबैभन्दा माथि देखिनेछन् । पछिल्लो समय फेसबुकले साइटलाई बढि जिवन्त बनाउन तथा अन्य प्रतिस्पर्धी सोसल साइटहरुको चुनौति सामना गर्नका लागि भिडियो फिचरमा जोड दिएको छ । अटोप्लेइङ भिडियो फिचरको लोकप्रियताबाटट हौसिएको फेसबुकले ३६० डिग्री भिडियो फिचर सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?