Breaking News

जेफ विलियम्स एप्पलको भावी सिइओ

Feb Tue 2020 05:40:26

314 views

जेफ विलियम्स एप्पलको भावी सिइओ

एप्पलले आफ्ना भावी प्रमुख कार्यकारी अधिकृत  सिओओमा एप्पललका पूराना कर्मचारी जेफ विलियम्सलाई  तय गरेको छ । कुकपछि अब जेम्स  नै एप्पललको सिइओ बन्नेछन् ।

टिम कुक सन् २००७ देखि २०११ सम्म एप्पलको सिओओ थिए भने २०११ देखि निरन्तर प्रमुख कार्यकारीको पदमा छन् । कुक सिइओमा बढुवा भएसँगै एप्पलले सिओओमा कसैलाई पनि नियुक्ति गरेको थिएन ।

सन् १९९८ देखि एप्पलमा काम गर्दै आएका विलियम्स यस्ता व्यक्ति हुन् जसले एप्पललाई आइफोन रिलिजसँगै मोबाइल फोनको बजारमा स्थापित गर्न मुख्य भूमिका निर्वाह गरेको एप्पलले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २०१० देखि विलियम्सले एप्पललको आपूर्ति श्रृंखलाका साथै सेवा र सहायताको सुपरीवेक्षण गर्ने जिम्मा निर्वाह गर्दै आएका छन् ।

आफुले अहिलेसम्म काम गरेकामध्ये विलियम्स सबैभन्दा उत्कृष्ट अपरेसन कार्यकारी रहेको एप्पलका सिइओ कुकले उल्लेख गरेका छन् ।

विलियम्ससँगै एप्लले आफ्ना वरिष्ठ उपाध्यक्ष फिल शिलरको समेत बढुवा गरेको छ र अनलाइन एप स्टोरको प्रमुखको जिम्मेवारी समेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?