Breaking News

आइसिटीमा करिअर बनाएका र खोजेकालाई आइसिटी अवार्ड २०१७ द्धारा सम्मान

Feb Tue 2020 05:40:58

630 views

आइसिटीमा करिअर बनाएका र खोजेकालाई आइसिटी अवार्ड २०१७ द्धारा सम्मान
दोस्रो संस्करणको आइसिटी अवार्ड समारोहको अवसरमा सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले आइसिटी क्षेत्रका पायोनियर र पाइला सार्दै गरेकाहरुलाई सम्मान गरे  ।  आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई, उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड  बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्सलाई, 
किरणभक्त जोशीलाई आइसिटी डायस्पोरा अवार्ड,  
५  पत्रकार  कारोबार दैनिककी सरस्वती ढकाल, गोरखापत्र दैनिकका विश्वास रेग्मी, नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, नागरिक दैनिकका विष्णु पौडेल र लिभिङ विथ आइसिटीका शिव बस्नेत लाई आइसिटी पत्रकारिता सम्मान

आइसिटी अवार्ड २०१७ ले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भनाइ विभिन्न व्यक्तिले दिएका छन् । क्यान महासंघका पूर्वअध्यक्ष विप्लवमान सिंहले आइसिटी अवार्डले आइसिटी उद्योगलाई चिनाउन सहयोग पुगेको प्रतिक्रिया दिदै आगामी निरन्तरताको कामना गरे । 

लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ भव्यताकासाथ  सम्पन्न भएको छ ।  आयोजित विशेष आइसिटी अवार्ड समारोहको अवसरमा सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले आइसिटी क्षेत्रका पायोनियर र पाइला सार्दै गरेकाहरुलाई सम्मान गरेका थिए । मन्त्री बस्नेतले सूचना प्रविधिलाई अत्याधिक प्रयोग बढाउनुपर्नेमा जोड दिदै आइसिटी क्षेत्रबाट सम्मानित हुने सबैलाई बधार्इ तथा शुभकामना समेत दिनुभएको थियो । नेपाल सरकारले पछिल्लो समयमा आइसिटीलाई उच्च प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएको उनको भनाइ छ ।
 उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड  बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्स प्रालि रहेका छन् । बेस्ट आइसिटी इन्नोभेटिभ अवार्डबाट पाइला टेक्नोलोजीले विकास गरेको परी रोबोट, आइटेक नेपालले विकास गरेको एभरेस्ट कास्ट र सिमान्टेक क्रिएसनले विकास गरेको नेपाल भिआरलाई प्रदान गरियो । आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई मन्त्री बस्नेतले करिब ४० वर्षदेखि नेपालको आइसिटी क्षेत्रमा क्रियाशील उद्यमी सुरेशकुमार रेग्मीलाई यस संस्करणको आइसिटी पायोनियर अवार्ड प्रदान गरे । रेग्मी आइटी कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक एवं प्रबन्ध निर्देशक हुन् भने विभिन्न संघसंस्थामा रहेर काम गरिरहेका छन् । 
किरणभक्त जोशीलाई आइसिटी डायस्पोरा अवार्ड हलिउड उद्योगमा लामो समयदेखि एनिमेशन प्रविधिमा काम गरिरहेका नेपाली किरणभक्त जोशीलाई यस संस्करणको आइीसटी डायस्पोरा अवार्ड प्रदान गरिएको छ । उनी राजधानीस्थित एनिमेशन स्टुडियो इन्सेसान्ट रेन स्टुडियाका संस्थापकसमेत हुन् । 
५  पत्रकारलाई आइसिटी पत्रकारिता सम्मान पत्रकारितामार्फत् आइसिटी क्षेत्रको विकासमा योगदान दिइरहेका ५ आइसिटी पत्रकारलाई पनि सो अवसरमा मन्त्री बस्नेतले सम्मान गरे । सम्मानित हुनेमा कारोबार दैनिककी सरस्वती ढकाल, गोरखापत्र दैनिकका विश्वास रेग्मी, नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, नागरिक दैनिकका विष्णु पौडेल र लिभिङ विथ आइसिटीका शिव बस्नेत रहेका छन् ।

आइसिटी क्षेत्रको विकासमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया  यसैबीच आइसिटी अवार्ड २०१७ ले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भनाइ विभिन्न व्यक्तिले दिएका छन् । क्यान महासंघका पूर्वअध्यक्ष विप्लवमान सिंहले आइसिटी अवार्डले आइसिटी उद्योगलाई चिनाउन सहयोग पुगेको प्रतिक्रिया दिदै आगामी निरन्तरताको कामना गरे । काठमाडौं विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा. मनिष पोखरेलले अवार्ड कार्यक्रम भव्य रुपमा आयोजना गरिएको भन्दै आइसिटी उद्योगलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा राखे । आइसिटी अवार्ड २०१७ अन्तर्गत बेस्ट इन्नोभेटिभ आइसिटी प्रडक्ट पाएका नेपाल भिआरका सहनिर्माता बबी बस्नेतले अवार्डले निकै प्रोत्साहन मिलेको प्रतिक्रिया दिए ।

आइसिटी अवार्ड २०१७ को शीर्ष प्रायोजन नेटिसले गरेको छ । त्यस्तै सहयोगीहरुमा सूचना तथा सञ्चार मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञान मन्त्रालयअन्तर्गतको सूचना तथा प्रविधि विभाग, क्यान महासंघ, जेडटिई मोबाइल, आइसिटी एशोसिएसन अफ नेपाल, इन्टरनेट सोसाइटी नेपाल, ई—सेवा, खल्ती, एनसिआइटी (कलेज), टेक्सास कलेजलगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?