Breaking News

आइसिटीमा युवा वर्गको नयाँ लगानी अवसर र चुनौती विषयक सुरुवात जक्सन कार्यक्रम सम्पन्न

Feb Tue 2020 05:40:57

705 views

आइसिटीमा युवा वर्गको नयाँ लगानी अवसर र चुनौती विषयक सुरुवात जक्सन कार्यक्रम सम्पन्न

अर्किड टेक क्लबले काठमाडौँमा सुरुवात जक्सन नामक कार्यक्रम सम्पन्न गरेको छ। अर्किड टेक क्लब अर्किड इन्टरनेसनल कलेजमा आर्इटीमा अध्ययन विद्यार्थीहरुको सक्रिय युवा समूह हो । नेपालमा सूचना प्रविधिको बढ्दो विकासक्रम र प्रयोगसँगै आइटी युवा पुस्ताको रोजाई बन्दै जादा अबको युवा पुस्ताका लागि आइसिटी क्षेत्र रोजगारको राम्रो अवसरको रुपमा देखा परेको छ । त्यसैले आइसिटी क्षेत्रमा युवा पुस्तालाई कसरी लगानी र रोजगारीमा आकर्षित गर्ने भन्ने अहिलेको आइसिटीको जल्दोबल्दो विषय बनेको छ । यस कुरालाई थप सहजीकरणका लागि र आइसिटी क्षेत्रमा व्यवसायिक काम गर्दा आइपर्ने चुनौतीको विषय सुरुवात जक्सन कार्यक्रमले उठान गर्यो । धमला ग्रुप, स्ल्याश प्लस, स्प्यारो एसएम एस सुरुवात जक्सन कार्यक्रममा सहकार्य गरेको थियो । कार्यक्रममा मुकेश धमला डाइरेक्टर धमला ग्रुप, सोहन बाबु खत्री थ्री एच हिमालयन सीइओ, सुमन शाक्य नेपाल इन्टरपायोनियर्स हब, आशिष आचार्य थ्रेड्सपेन्ट्स को फाउन्डर तथा विकल्प न्यौपानेले स्टार्टअप एड्भाइजर ले कार्यक्रमको सहजीकरण गरेका थिए।ict youth fist junction कार्यक्रम सहजीकरणमा बोल्दै सुमन शाक्यले हामीले आफ्नै स्रोत र साधन प्रयोग गरि नेपालमै केहि गर्न सक्छौ भन्दै नया ब्यबसाय सुरु गर्ने व्यक्ति तथा समूहलाई ब्यबसाय सुरु गरि सकेपछि आउने समस्या र त्यसको समाधानको बिसयमा प्रस्ट पर्नु भएको थियो। त्यस्तै आफ्नो अद्ययन बाहिर देशमा गरेर नेपालमै केहि गर्छु भनेर आएका अर्का युवा उधमी विकल्प न्यौपानेले आइटीको भबिस्य र एसका चुनौती बिसयमा कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रमको बोल्दै अर्किड क्लबका अध्यक्ष सुजन उप्रेतीले आगामी दिनमा पनि यस्तै समसामयिक बिषयबस्तुलाई प्राथमिकता दिदै अन्य कार्यक्रमको आयोजना हुनेछ भनेर क्लबको उपाध्यक्षमा अशोक खनालले जानकारी दिनुभयो।

अन्य कलेजका विद्यार्थीलाई पनि समेटेर क्लबले पुस ११ गते जमल नाचघरमा सुरूवात जक्सन’मेघा इभेन्ट गर्ने जनाएको छ । कार्यक्रममा नेपाली आइटी बजारमा प्रवेश गर्दै गरेका र संघर्षरत कम्पनीहरुको समस्या अनि तिनको समाधानबारे निचोड निकालिने विश्वास क्लबले लिएको छ। कार्यक्रमको प्रमुख उद्धेश्य कम्पनीहरुको समस्या अनि समाधानका उपायहरु पत्ता लगाउनु रहेको उपाध्यक्ष खनालले बताए । मानिसले सोच्ने कुनै सोचले भोलि समाज र देशलाई आमुल परिबर्तनको बाटोमा प्रयोग गराउन यो इभेन्टले मद्दत गर्ने संयोजक आयुश शर्मा गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?