Breaking News

नारी हिंसाका बद्लिदा ‘नायक’

Feb Tue 2020 05:40:58

282 views

नारी हिंसाका बद्लिदा ‘नायक’

यही फागुनकोे पहिलो साता पोखराकी नेहा पुनमाथि भएको घटनापछि लगातार तिन वटा बलात्कारका घटना सर्वजनिक भए । तिनीहरु एक हप्ता नबित्दै सेलाए । हाम्रो झण्झटिलो कानुनको बाबजुत तिनीहरु केहीसमय पछि दण्डित हुन्छन । त्यो पनि खानपान सहित जेलमा बस्न पाउने गरी । न केही डर न केही आपद । तोकिएको समय बितेपछि उ बाघबाट कपाल पलाएको सिंह जस्तै भएर जेलबाट छुट्छ । तर बलात्कार भएर मर्ने त मरे तिनका बाँंच्ने अविभावक त्यसलाई हेरेर जीवनभर मरेर बाँच्छन् । आर्को ठुलो अपराध हुन्छ त्यहाँ । अनि यो प्रकृया सामान्य लाग्नेहरुले यही प्रकृया दोहोर्याउछन् । हिंसाले हिंसा जन्माइरहेको छ  । उहिल्यै देखि यो थियो र आज पनि छ । यस्तै भइरहेको छ हाम्रो समाजमा ।  तर सामान्य सजाय तोकेर हिंसालाई प्रोत्साहान गरिरहेको छ कानुन । मत भन्छु हाम्रो जस्तो समाजमा राजनीतिक परिवर्तनसँंगै सामाजिक परिर्बतन गर्न अपराध गर्नेलाई कारवाही गर्ने कडा कानुन नभएर नै हो । त्यसैले महिला पुरुष समानता भएको, आधुनिकतामा रमेको सभ्य, समाज बनाउन हिंसा र अपराध गर्नेलाई हदसम्मको कानुन बनाएर अगाडी बढ्नु पर्छ । यस्तो भन्यो भने यहाँं नारीवादी भइन्छ । मानव अधिकारको बिषयमा आवाज उठाउँंदा नारी वादी भन्ने पुरुष वर्ग देख्दा लाग्छ ती पुरुषहरु कुनै नारीसँंग सम्बन्धित नै छैनन् अहिलेसम्म । उनीहरुलाई कुनै पुरुषले जन्म दियो । कुनै पुरुषसँंगको सम्बन्धबाट ऊ पुरुष सन्तान जन्माउँंछ र उनको त्यो सन्तानको विवाह पनि कुनै पुरुष बच्चासँंगै गराउँंछ ।  समाजमा तिन प्रकारका पुरुषहरु छन् । पहिलो, महिला र पुरुषको समानताको कुरा उठाउने जसलाई साच्चै दुबैको पहल बिना समाज बिकास हुनै सक्दैन भन्ने सुजबुझ छ । यो जमात अति नै सानो र सुस्त छ । day of we दोस्रो, आफूले जानेर पनि वा  नजानिकन के को नारी आवाज हामीले दिएकै छौ त किन चाहियो भन्नेहरु । उनीहरु त्यती खतरनाक छैनन जति अर्काथरी पुरुष छन्, जो महिला र पुरुषको समानताको कुरा भाषणमा गर्ने तर ब्याबहारमा भने तिनीहरु अन्य नारीका बारे बिरोध गर्ने भन्दा खतरनाक रुपमा प्रस्तुत हुन्छन् श्रीमतीसगँ ।  यसरी समाजले अहिले पनि नारीको समानताका कुरा मानब अधिकारको कुरामा भन्दा , नारी सभ्य र सुसंस्कृत हँुंदा घर र समाज बनिने कुरा गर्दा नारीका लागि दिइने कोेसेलीको रुपमा मात्र बुझ्ने गरिएको छ । यसको एउटा कारण के पनि हुन सक्छ भने महिलाका नाममा डलर ल्याएर कुम्ल्याउने तर समाजमा नारीहरुको उत्थानको लागि माखो नमार्ने एनजीओ र आइएनजीओ प्रतिको आक्रोस पनि  हो । हाम्रो सभ्य समाज बनाउन पुरुष र महिला एक्लै एक्लै हिडेर सम्भव छैन । दुबैको समाज परिर्बतनमा निरन्तर साथ हुन जरुरी छ । समाज सभ्य बनाउने जिम्मा हाम्रो हो ।  भोलि पुरुष हिंसामा पर्दा महिलाको साथ पनि उत्त्तीकै रहने वाताबरण आजैबाट बन्नुपर्छ ।  आज आठ मार्च अर्थात अन्तराष्ट्रिय नारी दिवश । अन्य देशहरुमा जस्तै नेपालमा पनि हरेक बर्ष यो दिन बिभिन्न कार्यक्रम गरि मनाइन्छ । आज भन्दा एक सय छ बर्ष अगाडि जर्मनकी महिला अधिकारकर्मी क्लारा जेट्कीनले महिलामा हुने हिंसा बिरुद्घ आवाज उठाएकी थिइन् । सोही आवाज बिश्वभर बुलन्द गर्न उनकै नेतृत्वमा १९११ मा अन्तराष्ट्रिय महिला सम्मेलन भएको थियो । त्यस पछि पनि अन्य तिनवटा सम्मेलनहरु भए । जसका कारण नै भन्नुपर्छ बिस्तार बिस्तार बिश्वभरी नै राजनैतिक नेतृत्वमा पनि महिलाको सहभागिता बढिरहेको छ ।  मान्छे सधै एउटा आशामा जिएको हुन्छ । भोली म यो मान्छे जस्तै हुन्छु भनेर योजना बनाएर काम गर्छ । र अलि अगाडीसम्म महिलाहरुले देखेर आफ्नो भोलीको कल्पना गर्ने ठाँंउ थिएन । तर अहिले फलानो जस्तै उच्च स्तानमा पुग्छु र उत्कृष्ट काम गरेर समाजमा परिवर्तन ल्याउछु भन्ने ठाउँं छ । jjयस अर्थमा हामी नेपाली नारीहरु खशी छौ कि हिजोको राज्य संचालनका तहमा शुन्य अबस्थामा रहेका महिलाहरु  देशको शीर्ष र प्रमुख निर्णयक तहमा हुनुहुन्छ । बिद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्नु महिला आन्दोलन र अधिकारका लागि भएका संघर्षको गौरवशाली उपलब्धि हो । ओनसरी घर्ती पहिलो महिला सभामुख बन्नु भएको छ, र अब सर्वोच्च अदालतमा पहिलो महिला प्रधान न्यायाधिश बन्दै हुनुहुन्छ । यस्ता अवस्था र उपलब्धि घटना मात्र होइनन् महिला अधिकारका लागि संघर्ष गर्नेहरुका लागि प्रेरणा र उर्जाका पाठ हुन् ।   भोली मेरो छोरीले म पछि गएर राष्ट्रपति बन्छु, म कानुनको ज्ञाता बनेर प्रधान न्यायाधिश हुन्छु, सभामुख हुन्छु भन्ने अठोट गर्न प्रेरणा मिलेको छ । आशा राख्ने र मैले उदाहरण दिने केही मान्छे छन् जो मेरी  छोरीले पनि देखेकी छिन् । यति हँुदा मात्र पनि मन खुशीले फुल्छ ।  महिलाको चौथो बिश्व सम्मेलन बेइजिङ्गमा भएको थियो । जुन सम्मेलनले महिलाका शिक्षा, स्वाथ्य,सुरक्षा जस्ता बिषयमा महिलाको पहँुंचमा हुन पर्ने कुरा भनि उठाएको थियो । सिङ्गै महिलाले हाकेका आन्दोलन त्यस पछि नदेखिए पनि त्यसको प्रभाव स्वरुप महिलाका हक स्थापित गर्न भन्दै हरेक हिसाबले आन्दोलनहरु चलि नै रहेका छन् ।  आठ घण्टा काम, समान ज्याला, बच्चाको सामाजिक सुरक्षा भन्दै कारखाना कारखानामा समानताको आन्दोलन थालेका महिलाहरु एक्काइसौं शताब्दीमा महिला आन्दोलनको इतिहासले एक सय छ बर्ष पार गरेर यहाँंसम्म आइपुग्दा सयांै बर्ष अगाडीको भन्दा बिभिन्न कोणबाट बढिरहेको महिलामाथी हुने हिंसा देखेर महिला अधिकार कर्मीहरु नै चकित भएको हुनुपर्छ । कतिपयले भन्ने गर्छन हिंसा त पहिले पनि थियो तर आवाजको रुपमा बाहिर आउदैन थियो । आज सबै खाले हिंसाका बिरुद्घ आवाज उठेकोले हिंसा बढी देखिएको मात्र हो ।  बाहिर आएको होइन हिजोको तुलनामा मान्छे खुलेआम हिंसामा संलग्न भएको हो भन्छु म त । हिजो धर्म नै कानुन थियो । तर आज मानिस अधर्मी भयो या भनौ आडम्बरी भयो । यसको एउटा गतिलो प्रमाण हो जानकी मन्दीरमा पुजा गर्न पुग्नुभएको नेपालको पहिलो राष्ट्रपति बिद्या भण्डारी बाहिरिएपछि बिधवा मन्दिर पसेर असुद्घ भयो भनी पखालिएको घटना । त्यसमाथि पनि राष्ट्रकै प्रमुख स्थानमा भएको महिलालाई यति तल्लो स्तरमा झरेर हिंसा गर्ने समाजमा सामान्य महिलाहरु कति प्रताडित छन् भनेर आंकलन गर्न गाह्रो  छैन ।  नेपालमा पछिल्लो समयमा चलेका सशस्त्र आन्दोलनदेखि राजनैतिक हरेक सडक आन्दोलनमा संख्यात्मक रुपमा आधा आधा सहभागी रहेका महिलाहरुको नेतृत्व ३३ प्रतिशत माग भए पनि गएको संबिधानसभा चुनाबमा पत्यक्ष र समानुपातिक गरि २९ प्रतिशत सहभागी भए । त्यो पनि राम्रै उपस्थिति मान्नु पर्छ । प्रत्यक्षतर्फ कांगे्रसबाट सात जना, एमालेबाट तीन जना र एमाओबादीबाट एक जना निर्बाचित भएका थिए ।  यसरी हेर्दा राजनैतिक परिर्बतन चाँंही एउटा हुल या जमातले गर्न सक्ने रहेछ तर सामाजिक र सांस्कृकि परिर्बतन हरेक ब्यतिm व्यक्तिमा आउने परिर्बतनले इंगित गर्ने हँुंदा सामाजिक परिवर्तन त्यति सजिलै नहुने रहेछ । अहिले हामी नेपाली ७० बर्ष पछिकै सबैभन्दा ठुलो राजनैतिक परिर्बतनको अबस्थामा आइपुगेका छौ । थोरै कुरामा असहमति भए पनि नेपालको इतिहासमा जनताबाट चुनिएकाहरुले जनताको रहर बमोजिम संबिधान निर्माण गरेका छन् । यो चानचुने परिर्बतन होइन । बिश्वमा नेपालको संविधानको बारे चर्चा हुनेछ । दश बर्षसम्म सशस्त्र युद्घको मार खपेर पनि नेपालले नेपालीलाई संविधान दिलायो ।  तर यतिको ठुलो राजनैतिक परिर्बतन भैसकेर पनि सामाजिक हिंसा र फेर्नै पर्ने संस्कृतिहरु अझै पनि परिर्वतन हुन सकेको छैनन् । जसका कारण समाजले राजनैतिक रुपले ल्याएका परिर्बतनहरु समाजमा लागु हुन सकेका छैनन् । त्यसको प्रतक्ष्य प्रभाव समाज जस्ताको तस्तै देखिन्छ ।  यहि बेला बामपन्थी महिलाहरुको पनि नेपालमा चौथो बिश्व सम्मेलन हुन गहिरहेको छ ।  जहाँ ६० देशका महिला नेतृहरु सम्मेलनमा भाग लिदैछन् । यसले पनि राजनीतिमा त केही न केही परिर्वतन ल्याउने छ नै समाजमा पनि ती राजनैतिक परिर्वतनले प्रत्यक्ष  असर देखाउने छ । तर हाम्रो नेपाली समाजमा राजनीतिले नेतृत्व गर्न नसकेका अनगिन्ती मुद्दाहरु छन् जसको कारण समाजमा हिजो देखिका हिंसा त बाँकी छन् छन् झनै आज नौला हिंसाका शैलीहरुमा महिलामा हुने हिसां थपिरहेका छन् ।  यो कुरा अहिले बुज्रुक बर्गमा बहसको बिषय बन्न थालेको छ । हलभरि उपस्थित पुरुष बर्गको जमघट घन्चमन्च भएको एक कार्यक्रममा नेपालमा ठुला ठुला राजनैतिक परिवर्तनहरु भए पनि समाजमा महिलामाथि बलात्कार गर्ने,छोरी भएकै कारण गर्भ तुहाउने, अशं नल्याएको भन्दै जलाउने, महिनावारी जस्तो सामान्य र जैबिक प्रक्रियालाई  देवत्वकरण गरेर दुख दिने, मान्छेले मान्छेलाई छुवाछुत गर्ने, बिधवा महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने जस्ता अमानवीय कार्य अहिले पनि भैरहेकोले समाजमा राजनैतिक परिवर्तनले मात्र देश समृद्घ बन्न नसक्ने, समाजको समग्र बिकासको लागि साँंस्कृकि समद्र्धन र परिवतर्तन उत्तिकै खाँचो भएको सबैले औल्याएका थिए ।  यसरी हेर्दा लाग्छ समाजमा महिलाहरुलाई नेतृत्वमा नल्याइसम्म समाजमा सास्कृतिक परिवर्तन हुन सक्दैन । सास्कृकि र सामाजिक परिवर्तन बिना राजनैतिक परिर्बतनले मात्र समाज सभ्य र सुन्दर बन्न सक्दैन ।  day womenबाहिर परिर्बतनको कुरा गर्छ तर ब्यबहारमा शुन्य छ । बाहिर महिला अधिकारको भाषण गरेर घर जान्छ र घरमा गएर श्रीमतीलाई कुट्छ । बाहिर ठुलो ठुलो स्वरमा बाल अधिकारका कुरा गर्छ र घरमा नाबालकलाई काममा लगाउँछ । जबसम्म मान्छेको बोली व्यवहाबाट निर्देशित र नियन्त्रित हुँंदैन,तबसम्म सामाजिक र राजनीतिक परिवर्तन कागजमा र कार्यस्थलका बाध्यात्मक हतियार मात्र बन्छन् । बोल्ने एउटा र व्यवहार अर्कै गर्ने व्यक्ति समाजका लागि सबैभन्दा घातक र घृणित हुन् ।  मान्छे झनै अपराधिक कृयाकलापमा ंसंलग्न छ । यसरी राजनैतिक परिर्बतन ल्याउन लागेकाहरु नै यसरी सामाजिक र सांस्कृकि परिर्बतनका बाधक छन् भन्दा फरक नपर्ला । यसले समाजमा मानवीयतासम्म गुमाएको आभास हुन्छ ।  सामाजिक परिवर्तन भनेको मानवीयतासँंग जोडिएको हुन्छ । यसले किन कम मानवीय भइस भनेर औला उठाउनु भन्दा हाम्रो जस्तो देशमा अपराध र हिंसामा संलग्नलाई हदैसम्मको कानुन बनाएर मात्रै सवक सिकाउन सकिन्छ । त्यसतर्फ सरकारले प्रयास थालोस र हाम्रै पालामा महिला हिंसा मुक्त सभ्य समाजको सुन्दर रुप देख्न पाइयोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?