Breaking News

सुरक्षा निकायमा १० हजार महिला, प्रहरीमा आकर्षण बढ्दो

Feb Tue 2020 05:40:46

267 views

सुरक्षा निकायमा १० हजार महिला, प्रहरीमा आकर्षण बढ्दो

सुरक्षा निकायमा कार्यरत महिलाको संख्या करिब १० हजार पुगेको छ । सबैभन्दा धेरै नेपाल प्रहरीमा महिलाको सहभागिता छ ।

७२ हजार सात सय १९ दरबन्दी रहेको नेपाल प्रहरीमा दुई डिआइजीसहित चार हजार चार सय ७१ जना महिला कार्यरत छन् । जसमध्ये करिब पाँच हजार पाँच सय दरबन्दी रिक्त छन् । अधिकृत तहमा मात्र नेपाल प्रहरीमा ८५ जना महिला छन् ।

दुई डिआइजी, एक एसएसपी, सात एसपी, १२ डिएसपी, ६३ इन्स्पेक्टर महिला छन् । त्यस्तै, एक सय ७७ सइ, तीन सय चार असइ, पाँच सय १२ हवल्दार र तीन हजार एक सय ८७ जवान तथा एक सय ९७ कार्यालय सहयोगीका रूपमा कार्यरत छन् ।police-army-apf

प्रहरीमा आकर्षण बढ्दो पछिल्लो समय नेपाल प्रहरीमा महिलाको सहभागिता बढ्दै गएको प्रवक्ता डिआइजी माधव जोशी बताउँछन् । उनीहरूले संगठनमा राम्रो काम गर्दै आएको उनको भनाइ छ ।

जवान पदमा समेत महिलाहरूको आवेदनमा ठूलो आकर्षण देखिएको जोशीको तर्क छ । अधिकृत तहमा कार्यरत महिला प्रहरीहरूको काम एकदमै राम्रो हुने, तर तल्लो तहमा भने केही व्यावहारिक समस्या आउने गरेको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?