अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन । गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ ।
यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन ।
यदि तपाइँसँग एन्ड्रोइड ४.१ अपरेटिङ सिस्टमवाला फोन छ र क्रोमले काम गर्न छाड्यो भने इन्टरनेट चलाउन कुन ब्राउजर प्रयोग गर्ने भन्ने सोँचमा हुनुहुन्छ भने चिन्ता गर्नुपर्ने कारण छैन । किनकी यूसी ब्राउजर, ओपेरा मिनी तथा फायरफक्स जस्ता ब्राउजर मज्जाले चल्नेछन् ।